लकडाउन खोल्न ६ चरणका योजनाको गृहकार्य « Khabarhub

लकडाउन खोल्न ६ चरणका योजनाको गृहकार्य


२१ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउन खोल्न ६ चरणका योजनाको गृहकार्य थालेको छ । विदेशमा अलपत्र नेपालीको उद्धार गरी स्वदेश ल्याएसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उच्चबिन्दुमा पुग्ने विशेषज्ञको रायसँगै सरकारले लकडाउनको नयाँ रणनीति बारे गृहकार्य थालेको हो ।

यसका लागि मंगलबार उच्चस्तरीय समन्वय समितिमा उद्योगी तथा व्यवसायीसँग छलफल भएको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरोकारवाला निकाय र विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन् ।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारद्वारा गठित कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) ले लकडाउन व्यवस्थापन गर्न तयार पारेको १२ साता लामो रणनीतिक योजनामा १० औं हप्ताको समीक्षापछि लकडाउन पूर्ण रुपमा खुला गर्ने योजना बनाइएको छ ।

पूर्वअनुमान भन्दा संक्रमणको दर बढेको भन्दै सरकार १२ साता लामो यस्तो रणनीति कार्यान्वयनमा जुटेको हो।

लकडाउनको खोल्ने सीसीएमसीको यस्तो रणनीति अब रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिमा पठाउने तयारी भइरहेको छ।

यसका लागि सरकारले मासिक साढे दुईलाख जनाको पीसीआर र आरडीटी जाँच गर्ने भएको छ । विदेशमा रहेका नेपाली भित्र्याउने तयारी पनि थालिसकेको छ।

सीसीएमसीले पश्चिम एशिया र पूर्वी यूरोपको बीचमा पर्ने जर्जियाको मोडलका आधारमा हरेक दुई सातालाई एक चरणका आधारमा मूल्यांकन गर्दै पाँचौं चरणमा विश्व स्वास्थ्य संगठनले संक्रमण शून्य देश घोषणापछि पूर्ण रुपमा लकडाउनले खोल्ने योजना बनाएको हो ।

सरोकारवाला सबै मन्त्रालय, चारै सुरक्षा निकाय र विज्ञहरुको सल्लाह अनुसार लकडाउनको स्वरुप बदल्दै जाने तयारी भइरहेको हो।

व्यवस्थापनका चरणबद्ध कार्यक्रम

केही दिनभित्रै सीसीएमसीको यो योजना लागू भएमा पहिलो दुई साता कृषि, साना उद्योग, खुद्रा पसल लगायतका साना व्यवसाय आंशिक रुपमा खुला हुनेछन् । इन्टरनेट मार्फत हुने सबै कारोबार भने पूर्ण रुपमा खुला गरिनेछन्।

दुईसाताको समीक्षापछि दोस्रो चरणमा कृषि कार्यलाई पूर्ण रुपमा खुला गर्दै सम्पूर्ण वित्तीय संस्थाहरु आंशिक खुला हुनेछन्।

योजना अनुसार सार्वजनिक तथा निजी सवारीसाधन तेस्रो चरणसम्म बन्द रहनेछन् । योजनामा तेस्रो चरणसम्म पत्रपत्रिकाको प्रकाशन बन्द गरेर अनलाइनलाई प्राथमिकतामा राख्ने प्रस्ताव गरिएको छ।

सीसीएमसीले केही दिन अघिमात्र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समन्वय समितिमा मासिक रुपमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणको सूची बुझाएको छ।

सीसीएमसीले ५ सय जनालाई आईसीयूमा राख्नुपर्ने पूर्वानुमान गर्दै १६ प्रकारका स्वास्थ्य सुरक्षा सामग्री, ७० प्रकारका औषधि र एकसय ३ प्रकारका जाँच सामग्री आवश्यक रहेको सूची बनाएको छ।

सरकारले १९ जेठमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्ययोजना २०७७ स्वीकृत गरेसँगै मंगलबारदेखि सीसीएमसीले यस सम्बन्धी योजना बनाउन थालेको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ७ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित