हाम्रो पात्रोले ल्यायो घरमैं बसी डाक्टरसँग भिडियो कल गर्ने सुविधा « Khabarhub

हाम्रो पात्रोले ल्यायो घरमैं बसी डाक्टरसँग भिडियो कल गर्ने सुविधा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र देशकै सर्वाधिक लोकप्रिय मोबाईल नेटवर्क Ncell को प्राविधक सहयोगमा घरमैं बसी कोरोनाभाइरस (COVID-19) को लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका लागि ‘Ncell CALL TO डाक्टर’ सेवा प्रयोग गर्न सकिनेछ ।

यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोमा जानुहोस् अथवा लिंक खोल्नुभई आफ्नो समयानुसार अनलाइन बस्नुभएका नेपाल चिकित्सक संघमार्फत जुट्नुभएका डाक्टरहरुसँग सजिलो भिडियो कल गर्न सकिनेछ ।

डाक्टर अनलाइन भएको खण्डमा ‘डाक्टरलाई कल गर्नुहोस्’ बटन थिचेर केवल एक क्लिकमैं भिडियो कल मार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटेझै राख्न सकिने हाम्रो पात्रोले जनाएको छ ।

यो सेवा हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा, केवल कोरोना (COVID-19) को संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि Ncell सँगको प्राविधिक सहकार्यमा तयार गरेको हो ।

यस विषम परिस्थितिमा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगरिदिन र अहिलेको यस वैश्वीक स्वास्थ्य संकटका एकमात्र सहारा हाम्रा तमाम डाक्टरहरुको अमूल्य समय र सम्भावित संक्रमितहरुलाई उचित स्वास्थ्य परामर्शका लागि हामीले प्राथमिकता दिइनेछ भन्ने आशा हाम्रो पात्रोले गरेको छ। अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्श सहित सेवा लिन सकून भन्ने उद्देश्य रहेको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष कुमार देवकोटाले बताए ।

कोरोनाभाइरस (COVID-19) को लक्षण देखिएमा वा शंका लागेमा डाक्टरसँग भिडियो कल मार्फत उचित परामर्श प्राप्त गर्नुहोस्

देश अहिले लकडाउन (बन्दाबन्दी) को स्थितिमा छ र अहिलेको स्वास्थ्य संकटसँग लड्ने यो नै एउटा उत्तम उपाय हो । तपाईं घरमा बस्नु नै आफू र अन्यलाई संक्रमणको सम्भावनाबाट जोगिनु हो । यदी तपाईंलाई कोरोना भाईरस (COVID-19) को लक्षणसँग मिल्दो समस्या देखिएको छ भने इन्टरनेटको प्रयोग गरी हाम्रो पात्रोमा उपलब्ध Ncell CALL TO डाक्टर सुविधा प्रयोग गर्नुहोस् र यसबाट जोगिन र अरुलाई पनि जोगाउन उचित स्वास्थ्य सल्लाह प्राप्त गर्नुहोस्ः हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकरराज उप्रेतीले भने ।

‘देशभरको चिकित्सक सञ्जाललाई केवल एक फोनका भरमा यो अभियानलाई हातेमालो गर्न अभूतपूर्व साथ दिनुहुने बरिष्ठ चिकित्सक तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल प्रति आभार छ ।

वहाँहरुको साथ बिना यो महाअभियान नितान्त अधूरो छ । हाम्रो पात्रोको लाखौं प्रयोगकर्ताका तर्फबाट यही समाचार मार्फत कृतज्ञता समेत व्यक्त गर्न चाहन्छौं । साथै धन्यवाद NCell लाई यस विशेष पहलमा प्राविधक अन्तरवस्तुका लागि हामीलाई साथ दिनुभएकोमा’ निर्देशक देवकोटाले भने ।

यो महाअभियानमा जुटेर अहिले लकडाउन अन्तर्गत घरमैं स्वास्थ्य परामर्शका लागि यदी डाक्टरहरु स्वयमसेवक भई जुट्न चाहनुहुन्छ भने support@hamropatro.com, aregmi@hamropatro.com, skdevkota@hamropatro.com मा इमेल गर्न हाम्रो पात्रोले जनाएको छ।

यो Ncell CALL TO डाक्टर सेवामा आवद्ध कसरी हुने र कसरी प्रयोगकर्ताहरुका जिज्ञासालाई सम्बोधन गर्ने बारे थप जानकारी दिने हाम्रो पात्रोले जनाएको छ । अथवा सिधै नेपाल चिकित्सक संघको फेसबुक पेजमा पनि सन्देश पठाउन सकिने हाम्रो पात्रोले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : ११ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित