तीन उद्योगलाई बन्द गर्न निर्देशन « Khabarhub

तीन उद्योगलाई बन्द गर्न निर्देशन


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ ।

समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा सञ्चालनमा रहेको वीर वि एण्ड सन्स र वडा नं. १० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिलाई बन्द गर्न निर्देश दिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए ।

मण्डनदेउपुर नगरपालिका–६ मेलम्ची बगरमा कुनै पनि उद्योगलाई आर्थिक वर्ष २०७६/७७ मा नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन गर्न अनुमति नदिएको भएपनि मेलम्ची इन्द्रावती स्टोन नामक संस्थाले निरन्तर रुपमा मेलम्ची बगर क्षेत्रमा बालुवा, गिट्टी बिक्री वितरण गरेको पाइएको समन्वय प्रमुख केसीले बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा गरेको कामको समेत अत्यावधिक विवरण उपलब्ध गराउन नसकेको भन्दै सोको बारेमा यथार्थ छानबिन गरी आवश्यक कार्वाही गरी जिल्लास्तरीय अनुगमन समितिलाई जानकारी दिन सम्बन्धित नगरपालिकालाई अनुरोध गरेको थियो ।

त्यस्तै भुम्लु गाउँपालिका–७ मा रहेको वीर वी एण्ड सन्स र भुम्लु गाउँपालिका–१० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिले बालुवा प्रशोधन अनुमति लिएर क्रसर नै सञ्चालन गरिरहेको पाइएकाले उद्योग दर्ता अनुमति लिदाको उद्देश्यभन्दा फरक कार्य गरेको भन्दै क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको छ । त्यसरी निर्देशन दिएको भए पनि धेरेजसो उद्योगहरु निर्देशनको अवज्ञा गर्दै सञ्चालन भइरहेको छ ।

जिल्लाभित्र सञ्चालन गरिएका नदीजन्य पदार्थ सङ्कलन र उद्योग तथा खानीजन्य उद्योग, क्रसर (ढुङ्गा, गिट्टी, बालुवा) उद्योगको अनुगमन औपचारिकता मात्रै समिति भएको छ । अनुगमन गरिएको समितिमा कारवाही गर्ने अधिकार नहुनु र त्यसको लागि माथिल्लो तहमा प्रतिवेदन पठाउने गरेको भए पनि त्यसको कारवाही प्रक्रियामा कार्यान्वयन नहुने भएपछि औपचारिकतामा मात्रै समिति बनेको हो ।

तीन तहको सरकार कार्यान्वयनमा भएदेखि अहिलेसम्ममा जिल्ला समन्वय समितिले दूई पटक जिल्लाका सबै नदीजन्य पदार्थ सङ्कलन र उद्योग तथा खानीजन्य उद्योग, क्रसर (ढुङ्गा, गिट्टी, बालुवा) उद्योगमा अनु्गमन गर्दै कारवाही र कार्यान्वयनका लागि प्रदेश सरकारलाई प्रतिवेदन तयार गरी पेश गरेको दुईपटक भइसकेको छ तर उक्त प्रतिवेदनमाथि अहिलेसम्म कुनै कारवाही अगाडि बढेको छैन ।

गत वर्ष पेश गरेको प्रतिवेदनमाथि कुनै कारवाही नभएको अवस्थामा यस पटक पनि समन्वय समितिले अनुगमन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेको छ ।

त्यसरी गरिएको अनुगमनमा देखिएका समस्या र मापदण्ड विपरीत सञ्चालन भएको पाए पनि सिधै कारवाही गर्ने अधिकार नभएपछि सम्बन्धीत निकायलाई आग्रह गर्ने कार्यले मात्रै अनुगमन प्रभावकारी नहुने अवस्था रहेको केसीले स्वीकार गरे ।

यसअघि पनौती नगरपालिका–५ नैकिनटारमा रहेको धनेश्वर रोडा उद्योगलाई बन्द गर्न निर्देशन दिएको भएपनि निर्वाधरुपमा सञ्चालन भइरहेको छ ।

कतिपय अवस्थामा कार्यविधि २०७५ लागू भएपश्चात सञ्चालित क्रसर उद्योगमध्ये मापदण्ड पूरा नगरेका उद्योगको हकमा मापदण्ड पूरा गर्न लगाउने र पूरा नगरेमा वा गर्न नसक्ने अवस्था भएमा स्थानान्तरण गर्नका लागि निर्देशन दिनेलगायतको सुझाव प्रदेश र सङ्घ सरकारसमक्ष पेश गर्ने निर्णय गरेको केसीले बताए । समितिले जिल्लामा सञ्चालित क्रसर उद्योगमध्ये २२ वटाको अनुमगन गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित