थपिएको म्याद गुज्रिँदासमेत बनेन सडक « Khabarhub

थपिएको म्याद गुज्रिँदासमेत बनेन सडक


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– सरकारले निर्धारित समयमा विकास निर्माणका परियोजना सम्पन्न गर्नुपर्ने कडा निर्देशन जारी गर्दै आए पनि निर्माण व्यवसायीले त्यसको ठाडै अवज्ञा गर्न छाडेका छैनन् ।

झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडलाई भद्रपुरसँग जोड्ने महत्वपूर्ण सडक कालोपत्र गर्ने कार्यको ठेक्का लिएको आशिष÷प्रेरा जेभी ललितपुरले तोकिएको अवधिमा निर्माणकार्य गर्न सकेको छैन ।

आशिष/प्रेरा जेभीले बिर्तामोडदेखि गरामनीसम्मको चार किलोमिटर कालोपत्र सडक निर्माण गर्ने भनी विसं २०७५ असार २४ गते ठेक्का सम्झौता गरेको थियो ।

डिभिजन सडक कार्यालय दमकका अनुसार सो आयोजना सम्पन्न हुनुपर्ने अन्तिम मिति २०७६ असोज २३ गते थियो । तोकिएको अवधिमा निर्माणकार्य आधा पनि नभएपछि आशिष/प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले पुस मसान्तभित्र निर्माण सक्ने गरी तीन महिना म्याद थपिएको थियो । तर थपिएको म्यादभित्र समेत सो सडकको निर्माणकार्य सम्पन्न हुन सकेन ।

डिभिजन सडक कार्यालयका प्रवक्ता इञ्जिनीयर चन्द्रेश्वर साहले सो सडकको ठेक्का नं डिआरओडीएमके/३३७३६६–४/२०७४/७५/१० रहेको जानकारी दिए ।

नेपाल सरकारको प्राथमिकतामा रहेको सो सडक रु २७ करोड नौ लाख ७० हजार ९६ मा ठेक्कामा लागेको थियो । सो सडक निर्माण समयमै गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा हरेक दिन खबरदारी गर्दै आएका नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल सो सडकको ठेक्का लिएका निर्माण व्यवसायीले पप्पु कन्स्ट्रक्शनकै जस्तो व्यवहार देखाएको बताउँछन् ।

उनले माथिल्लो निकायसम्म पहुँच भएको भन्दै अटेर गर्ने आशिष/प्रेरा जेभीमाथि कडा कारवाही हुनुपर्ने माग गरे। मुख्य बजार क्षेत्रको सडक लामो अवधिदेखि धुलाम्य र भताभुङ्ग पारेर निर्माणकार्य अलपत्र पारेको भन्दै बिर्तामोडका व्यवसायी आक्रोशित बनेका छन् ।

तोकिएको अवधिमा सडक निर्माण नगर्ने र भताभुङ्ग पारेर छाड्ने प्रवृत्तिले उपभोक्ता मात्र नभइ मेचीकै व्यापार व्यवसायमा असर परेको छ । सो सडकले चन्द्रगढी विमानस्थललाई समेत जोड्छ ।

प्रवक्ता साहका अनुसार आशिष?प्रेरा जेभीका सञ्चालक गुप्ताले सो सडक निर्माणका लागि फेरि म्याद थप गरिदिन भन्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

उनले असार मसान्तसम्म काम सक्ने गरी छ महिना म्याद थपिदिन निर्माण व्यवसायीका तर्फबाट माग गर्दै निवेदन आएको बताए । विद्युत् र टेलिकमका पोल हटाउन ढिलाइ भएका कारण आयोजना तोकिएको अवधिमा सम्पन्न नभएको निर्माण व्यवसायीले म्याद थपको निवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ४ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित