आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी « Khabarhub

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ । एक महिने मेला यही कात्तिक ९ गतेदेखि सुरु हुनेछ । 

मेलाको तयारीका लागि कीर्तिपुर नगरपालिका–६ स्थित मन्दिरमा सरसफाइलगायत कार्य सुरु भएको छ । मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घ–संस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रमा सरसफाइ गरिएको हो । 

अहिले मन्दिरलाई सिँगारिएर चिटिक्क बनाइएको छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ तथा अर्धनारेश्वरसमेत भनिन्छ ।

परिवारमा सुख, समृद्धि प्राप्त हुनाका साथै भय, रोग र विघ्नबाट मुक्त हुने विश्वासका साथ लाग्ने मेलामा यस वर्ष करिब दुई लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

हिन्दु तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको आदिनाथलाई हिन्दु धर्मावलम्बीले शिव शक्तिका प्रतीक र बौद्ध अनुयायीले लोकेश्वर तथा करुणाका प्रतीकका रुपमा पूजाआजा गर्ने चलन छ । 
 

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  १ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित