पहिरोका कारण कोरला सडक अवरुद्ध « Khabarhub

पहिरोका कारण कोरला सडक अवरुद्ध


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
 
कोरला नाका जाड्ने जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले गाउँभन्दा माथि कालोभीर, कागबेनीदेखि ताङ्वे सडक र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडा सडकमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो ।
 
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडाको अवरुद्ध सडकको पहिरो पन्छ्याइए पनि चैलेस्थित कालोभीर सडक र कागबेनी–ताङ्वे सडकमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको जानकारी दिए । 

कागबेनी–ताङ्वे सडकमा पहिरो खसेपछि प्रहरीचौकी कागबेनीको टोली त्यसतर्फ प्रस्थान गरिसकेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध भएसँगै चीनसँग आयात निर्यातमा समस्या देखिएको छ । 

प्रहरी निरीक्षक बस्यालका कारण कोरलानाकातर्फ मालसमान ढुवानी गर्न गएका र ढुवानी गरी फर्किएका कन्टेनर पहिरोले अवरुद्ध भएको स्थानमा अलपत्र परेका छन् ।

यसैगरी, अविरल वर्षाका कारण वारागुङ मुक्तिक्षेत्र–१ स्थित कागबेनी–मुक्तिनाथ सडकको खिङ्गामा पहिरो खसेर सडक अवरुद्ध भए पनि त्यहा डोजर परिचालन गरी सडक सञ्चालन गरिएको त्यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।

शुक्रबार रातिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। 

उनका अनुसार निरन्तर परेको वर्षाले बेनी–जोमसोम सडकको घाँसा बगर खोल्सामा सडक अवरुद्ध भइरहेको छ भने काभ्रेभीरमा सडक माथिबाट ढुङ्गा खस्ने क्रममा जारी रहेको छ । आयोजना प्रमुख शर्माका अनुसार म्याग्दीको सिरुवारी, तातोपानी, रूपसे र पोखरेबगरलगायत स्थानमा सडक माथि पहिरो खसेकाले सडक अवरुद्ध बनेको हो ।

वर्षाका कारण सडक अवरुद्ध भएपछि चीनबाट पैठारी गरिएका सयौँ विद्युतीय सवारीसाधन जोमसोममा रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्भावित विपद् जोखिमको संवेदनशीलाई मध्यनजर गर्दै दिउँसोका समयमा यातायातका साधन नचलाउन अनुरोध गरेको छ । 
 

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित