तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद « Khabarhub

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु २७ करोड ८५ लाख बराबरको राजस्व छलिका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले उक्त परिमाणको किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवयर, मोटरपाट्र्स तथा शृङ्गारका सामग्रीलगायत सामान बरामद गरेको हो । 

ती सामान ओसारपसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारीसाधनसमेत नियन्त्रणमा लिइ भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सोही अवधिमा ३० लाखभन्दा बढीको एक हजार १०० क्युफिट काठ र १०२ ग्राम चाँदी पनि बरामद भएको छ । अवैध ओसारपसारमा संलग्न ८४ जनालाई कारबाही गर्न सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

मधेस प्रदेशका सीमावर्ती इलाकामा हुने लागुऔषध ओसारपसार रोक्न सशस्त्र प्रहरी खटिएको सहप्रवक्ता थापाले जानकारी दिए । तीन महिनामा ब्राउन सुगर १९३ ग्राम, चरेस ९ किलो ५०० ग्राम र गाँजा एक हजार ६०६ किलोभन्दा बढी बरामद भएको छ ।

सो अवधिमा तीन वटा कटुवा पेस्तोल, दुई थान सिक्सर–२ थान भरुवा बन्दुक तथा सोको राउण्ड र बारुदसमेत बरामद गरिएको छ । त्यस्तै, मानव वेचविखनको आशंकामा २९ जना महिला र ३० जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । 

साम्प्रादयिक प्रदर्शन, बलत्कार घटना, सीमापार अपराध, विपद् व्यवस्थापन तथा लागुऔषध नियन्त्रणलगायतका कामकारबाहीमा सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकाय तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको उनले जानकारी दिए। 
    
सीमा चिन्हहरूको डिजिटल रेकर्ड तथा भौतिक अवस्थाको अद्यावधिक गर्नुकासाथै समकक्षी भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमा पिलरको मर्मतसम्भारमा सशस्त्र प्रहरी खटिँदै आएको छ । 

दशगजा क्षेत्रको सुरक्षा, सीमा अतिक्रम रोक, अतिक्रमिक क्षेत्र खाली गराउने कार्यमा समकक्षीहरूसँग निरन्तर समन्वय भइरहेको छ । 

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ३ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित