बाढी पीडितलाई फिल्म सोसाइटी र चलचित्र कलाकार सङ्घ अमेरिका शाखाको सहयोग « Khabarhub

बाढी पीडितलाई फिल्म सोसाइटी र चलचित्र कलाकार सङ्घ अमेरिका शाखाको सहयोग


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार सङ्घ अमेरिका शाखाले चार लाख ८३ हजार ३३३ सहयोग गरेका छन् ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको नेतृत्वमा तीन लाख ३३ हजार ३३३ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो ।

त्यसैगरी, नेपाल चलचित्र कलाकार सङ्घ अमेरिका शाखाका अध्यक्ष दिनेश कार्की र कलाकार मनोज आचार्यले रु एक लाख ५० हजार सहयोग जम्मा गरिएको भौचर मन्त्री तिमिल्सिनालाई हस्तान्तरण गरे।

सहयोग हस्तान्तरण कार्यक्रममा चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, निवर्तमान अध्यक्ष मोहन निरौला, पूर्वअध्यक्ष रवीन्द्र खड्का तथा कलाकार शर्मिला मल्ललगायतको सहभागिता थियो ।

सो अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले विपद्का समयमा चलचित्र क्षेत्रबाट गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

बाढी प्रभावितको राहत तथा पुनःस्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नीतिगत, कानुनी तथा आर्थिक पक्षमा सुधार गर्दै अघि बढ्ने सरकारको तयारी रहेको उनको भनाइ थियो ।

चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीका लागि प्रभावकारी र समन्वयकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताए।

उनले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न रु तीन करोड ५० लाख अनुदान विनियोजन गरिएको जानकारी दिए । उक्त बजेट कार्यान्वयनका लागि ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए।

उक्त कार्यक्रममार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषय समेटिएका यथार्थपरक, मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको उनले बताए।

संसद्मा विचाराधीन चलचित्र विधेयकलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने गरी काम भइरहेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रले लामो समयदेखि अपेक्षा गरेको नीतिगत तथा संरचनागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए।

नेपाली कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने उल्लेख गर्दै उहाँले चलचित्र क्षेत्रको विकासका लागि राज्यको सहयोगलाई नीतिगत, कानुनी तथा आर्थिक पक्षसँग जोडेर अघि बढाइने बताए।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ७ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित