विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ « Khabarhub

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ ।

विदेशबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको सुरक्षा जाँचका क्रममा सुनसहित ४५ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट रु एक करोड २५ लाख १८६ बराबरको सुन बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करले सुन भित्र्याउने गरेको पाइएको छ । यात्रुलाई प्रयोग गरी सुन ओसारपसार गराउने गिरोहको गतिविधिमाथि विमानस्थलमा निगरानी बढाइएको प्रहरीको भनाइ छ ।

बरामद सुन तथा पक्राउ परेकाका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । घटनामा संलग्न देखिएकामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

चोरी भएको ट्याक्सी फेला पारी ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङस्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । पार्किङ गरिएको स्थानबाट चोरी भएको बा२ज २७८४ नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा लुकाइराखेको अवस्थामा फेलापरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार चोरी भएको ट्याक्सी फेलापरेपछि आज सम्बन्धित धनीलाई बुझाइएको हो । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा मोटरसाइकललगायत सवारीसाधन चोरी रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए । उनका अनुसार उपत्यकाबाट हराएका तथा चोरी भएका सवारीसाधनको खोजी तथा नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत हराएका तथा चोरी भएका सवारीसाधन फेलापर्ने क्रम जारी रहेको उनले बताए ।

चोरी भएको आफ्नो ट्याक्सी आज पाएपछि सवारीधनी निकै खुसी हुनुका साथै ट्राफिक प्रहरीलाई धन्यवादसमेत दिएका थिए । ट्राफिक प्रहरीका अनुसार गत साउन र भदौमा मात्रै १४६ वटा चोरी भएका र हराएको स्कुटी तथा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ११ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित