देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे « Khabarhub

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको शैक्षिक कार्यक्रममा आज उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दा उनले सो कुरा बताए । 

भोटेकोशी बाढी तथा कृष्णभिर र मेलम्ची क्षेत्रमा भएका विपद्का घटनाले पूर्वाधार निर्माण, वातावरण र विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा थप अध्ययन आवश्यक भएको उनले बताए । 

अध्यक्ष बिजुक्छेले, ‘विपद्का घटनालाई केवल प्राकृतिक विपद्का रूपमा हेर्न हुँदैन, यो इन्जिनियरिङसँग सम्बन्धित विषय हो, भने, ‘हाम्रो इन्जिनियरिङमै त्रुटि भयो कि, सरकारको गम्भीरता नपुगेका कारण यस्तो भइरहेको छ कि ! सबै विषयमा गम्भीर अध्ययन हुनुपर्छ ।’

उनले भक्तपुरलाई ‘टेस्ट ट्युब’अर्थात् नयाँ अभ्यास र प्रयोगका लागि उपयुक्त स्थानका रूपमा विकास गर्न खोजिरहेको बताउँदै सानो भूगोल, तुलनात्मक रूपमा कम जटिलता र राजधानी काठमाडौँसँगको निकटताका कारण नयाँ योजना तथा अभ्यास सञ्चालन गर्न भक्तपुरमा सहज वातावरण रहेको बताए ।

भक्तपुरमा सञ्चालन भएका कतिपय अभ्यासलाई अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा लागू गर्न सके जनतालाई सहज हुने बताए । 

कार्यक्रममा अध्यक्ष बिजुक्छेले कलेजको शैक्षिक कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान पत्र वितरण गरे । 

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इन्जिनियरिङ कलेज स्थानीय तहबाट सञ्चालित देशकै पहिलो प्राविधिक कलेज भएको बताए । 

उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको परिकल्पनामा भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन स्थापना भएको ख्वप सर्कलअन्तर्गतका शैक्षिक संस्थाले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजबाट हालसम्म पाँच हजार ६३५ जना र ख्वप कलेज अफ इन्जिनियरिङबाट दुई हजार ९५९ जना विद्यार्थीले अध्ययन पूरा गरी दुवै कलेजबाट छ हजारभन्दा बढी इन्जिनियर उत्पादन भइसकेको बताइएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ६ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित