नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना « Khabarhub

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना


२८ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्तबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा ‘नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन तथा एकीकरण विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषयगत विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफलमा मन्त्री पुनले राजनीतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको जानकारी गराए  । 

उनले प्रतिष्ठानहरूमा हुने राजनीतिक हस्तक्षेपले संस्थागत विकास प्रभावित भएको भन्दै अब राजनीतिक हस्तक्षेप नहुने गरी संरचना निर्माण गर्ने बताए ।

‘२०४८ सालसम्म नेपालमा इनोभेसन शब्द प्रचलनमा नै नआएको कारण कसैले आवश्यकता पनि महसुस नगरेको कारण नेपालले आजको दिनसम्म विज्ञान र नवप्रवर्तनको हिसाबले पछाडि परेको बताएका छन् । 

त्यसै कारण नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन आवश्यक रहेको तथा एकीकरण (प्रतिस्थापन) विधेयक तर्जुमा गर्न थालिएको भन्दै सुरुमा यसको नाम नै परिवर्तन गर्नुपर्छ, ’बताए ।

उनले मुलुकमा विज्ञान तथा नवप्रवर्तनको सुधार तथा विकासका लागि नास्टको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको पनि बताए । सोही आवश्यकताका आधारमा २०४८ सालमा बनेको ऐन प्रतिस्थापन गरिरहेको र प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था समेट हटाउन लागिएको मन्त्री पुनले बताए।

कार्यक्रममा ऐन संशोधन तथा एकीकरण विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषयगत विज्ञ तथा सरोकारवालाले आ आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ६ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित