द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सकिने « Khabarhub

द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सकिने


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ। द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो।

नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए । उनले अध्ययनले निर्माणाधीन द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको जानकारी दिए ।

अमलेखगन्जसम्म आइपुगेको पाइपलाइनलाई पथलैयाबाट निजगढ नजिक रहेको दु्रतमार्ग हुँदै काठमाडौँ ल्याउने योजना छ। रेग्मीले भने, द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यलाई अध्ययनले सम्भव देखाएको छ। अबको दुई हप्ताभित्र सो अध्ययनको विस्तृत प्रतिवेदन ‘कन्सलट्यान्सी’ले नेपाल आयल निगमलाई बुझाउने छ।’

अध्ययन प्रतिवेदनले आयोजनाको सम्भाव्यता र चुनौती देखाउनुका साथै आयोजनाको लागत, पेट्रोलियम पदार्थ ढुवानीमा आयोजनाबाट निगमलाई हुनसक्ने बचतलगायतको विषयमा जानकारी प्राप्त हुने प्रबन्धक रेग्मीले बताए।

पुल्चोक इन्जिनियरिङ अध्ययन क्याम्पसअन्तर्गतको ‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’ले सो सम्भाव्यता अध्ययन गरेको हो। यसअघि काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीद्वारा तयार डीपीआर र एसियाली विकास बैङ्क (एडीबी)द्वारा गरिएको अध्ययनमा समेत द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव रहेको उल्लेख गरिएको थियो।

अहिलेसम्मको अध्ययनले भौगोलिक बनोटका कारण द्रुतमार्गमा रक्सौलबाट अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने जस्तो सहज भने नहुने उनको भनाइ छ ।

उनले भने, ‘अमलेखगन्जदेखि काठमाडौँको सतह करिब एक हजार मिटर अग्लो छ। द्रुतमार्ग हुँदै पेट्रोलियम पाइपलाइनमार्फत काठमाडौँसम्म पेट्रोलियम पदार्थ ल्याउन कम्तीमा दुई ठाउँमा ‘बुस्टर पम्प’ जडान गर्नुपर्ने हुन्छ।’ मोतीहारीदेखि अमलेखगन्जसम्मको उचाइ दुई सय मिटर मात्र फरक छ।

द्रुतमार्गमा ‘हाइराइज ब्रिज’ र सुरुङमार्ग निर्माण हुने भएकाले पुल र सुरुङमार्ग हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाका लागि नै नयाँ प्रयोग हुने छ। भारतमा समेत सुरुङमार्गभित्र पेट्रोलियम पाइपलाइन बिछ्याइएको छैन। नदी र खोला भएको ठाउँमा ‘होरिजेन्टल डेफ्थ ड्रिलिङ’ गरेर छ मिटरसम्मको गहिराइमा पाइप बिछ्याउन सकिने एउटा विकल्प देखिएको उनले बताए ।

द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाली सेनासँग नेपाल आयल निगमले दुई पटक बैठक गरेको छ। निगमका प्रबन्धक रेग्मीले सेना यस कार्यका लागि सकारात्मक रहेको पनि बताए ।

सेनाले द्रुतमार्गमा पुल र सुरुङ निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको हुनाले पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा प्राविधिक र कानुनी रूपमा छिट्टै निष्कर्षमा पुग्नुपर्ने सेनाको सुझाव छ ।

‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’का प्रमुख नारायणप्रसाद गौतमले द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउनेबारे गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भई प्रतिवेदन तयारीको काम भइरहेको जानकारी दिए । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले निर्णय गरेको अवस्थामा द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सेना तयार रहेको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ७ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित