पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने « Khabarhub

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट योगदान गर्ने भएका छन् ।

विश्वविद्यालय कार्यकारी परिषद्को आज बसेको बैठकको निर्णयअनुसार यही भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो निर्णय गरिएको हो ।

विश्वविद्यालयका रजिस्ट्रार डा. रमेशबाबु काफ्लेद्वारा जारी सूचनाअनुसार भदौ महिनाको तलब भुक्तानी गर्दा पदअनुसार तोकिएको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।

निर्णयअनुसार उपकुलपति र रजिस्ट्रारबाट एक महिनाको तलब, डिन, परीक्षा नियन्त्रक, प्राध्यापक तथा प्रशासनतर्फका सम्बन्धित कर्मचारीबाट आधा महिनाको तलब, सह–प्राध्यापक तथा मुख्य अधिकृतबाट १० दिनको तलब, उपप्राध्यापक, वरिष्ठ अधिकृत, सहायक प्राध्यापकरशिक्षण सहायक तथा अधिकृतबाट सात दिनको तलब योगदान गरिनेछ ।

मुख्य सहायक तथा सहायकबाट पाँच दिन र सवारीचालक तथा कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई  दिन बराबरको तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले आफ्ना सम्बन्धन प्राप्त कलेज तथा क्याम्पसहरूलाई समेत विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना कार्यमा सकेको आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।
 

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ६ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित