जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु « Khabarhub

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र मालवाहक ट्रक आपसमा ठोक्किँदा २७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले शनिबार बताएका छन् । यो दुर्घटना पछिल्ला दिनमा जिम्बाब्वेमा भएका सडक दुर्घटनाको शृङ्खलाकै अर्को घटना हो ।

प्रहरी प्रवक्ता पल न्याथीका अनुसार शुक्रबार राति सम्मेलनमा सहभागी हुन जाँदै गरेका चर्चका सदस्य सवार मिनीबस चिभु सहरनजिकै ट्रकसँग ठोक्किएको थियो ।

राजधानी हरारेबाट करिब १३२ किलोमिटर दक्षिणमा पर्ने मुख्य राजमार्गमा अर्को सवारीसाधनलाई उछिन्ने क्रममा ट्रक मिनीबससँग ठोक्किएको उहाँले विज्ञप्तिमार्फत बताएका छन् ।

सरकारी प्रसारण संस्था ‘जेडबीसी न्युज’का अनुसार २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि मिनीबसमा आगलागी हुँदा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । न्याथीले दुवै सवारीसाधनमा रहेका यात्रुको सङ्ख्या यकिन हुन नसकेको बताए।

दुर्घटनामा मृत्यु हुनेहरू सेतो पोसाक लगाउने परम्पराका लागि परिचित अफ्रिकाको एक लोकप्रिय स्थानीय क्रिश्चियन सम्प्रदायका सदस्य रहेको बताइएको छ ।

जिम्बाब्वेमा क्षमताभन्दा बढी यात्रु बोकेका बस तथा मिनीबस र नियमनबाहिर रहेका ट्याक्सी दुर्घटनामा पर्ने गरेका छन् । तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति तथा सडकको खराब अवस्थालाई दुर्घटनाका प्रमुख कारण मानिन्छ ।

जिम्बाब्वेका अधिकारीहरूका अनुसार देशमा हुने सडक दुर्घटनामध्ये करिब ९४ प्रतिशत मानवीय त्रुटिका कारण हुने गरेका छन् । संयुक्त राष्ट्रसङ्घको अफ्रिकाका लागि आर्थिक आयोगका अनुसार अफ्रिकामा सडक दुर्घटनामा परी वार्षिक करिब तीन लाख मानिसको मृत्यु हुने गरेको छ । 

यो विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको करिब एक चौथाइ हो । आयोगका अनुसार अफ्रिकामा सडक दुर्घटनाबाट हुने मृत्युदर विश्वमै सबैभन्दा उच्च छ ।

करिब एक दशमलव पाँच अर्ब जनसङ्ख्या रहेको अफ्रिकी महादेशमा विश्वभर सञ्चालनमा रहेका कुल सवारीसाधनको करिब तीन प्रतिशत मात्रै रहेको भए पनि सडक दुर्घटनाबाट हुने मृत्युको दर उच्च रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ५ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित