गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो « Khabarhub

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ ।
 
मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो ।
 
उनले सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्कालका लागि क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको जानकारी दिनुभयो । अन्य उपचार केन्द्रमा पनि मागअनुसार औषधि पठाउन थालिएको छ ।
 
डा यादवका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको छ । 

‘सर्पदंशविरुद्धको औषधि कुनै पनि उपचार केन्द्रमा अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको छ’, उनले भने । पछिल्ला केही दिनयता अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्प दंशका घटना बढेको पाइएको छ ।
 
वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्प दंशका बिरामी उपचार गर्न आउने गरेका छन् । ग्रामीण क्षेत्रमा खेतबारी तथा घर वरपर सर्पको बढेसँगै जोखिम थपिएको उनले बताए । 

केही दिनअघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि हाल अस्पतालमा १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ ।
 
डा सिहले सर्पदंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घरवरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे ।
 
मधेस प्रदेश सरकारले सर्पदंशलाई मनसुन र गर्मीयाममा बढी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित तुल्याएको जनाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १२ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित