आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी « Khabarhub

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा साझेदारीअन्तर्गत निर्माण गर्न लागिएको आणविक ऊर्जा सञ्चालित पनडुब्बी कार्यक्रमलाई अघि बढाउन थप चार अर्ब ६० करोड अस्ट्रेलियन डलर (करिब तीन अर्ब २० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। 

सरकारका अनुसार उक्त लगानीले देशको दीर्घकालीन पनडुब्बी निर्माण, सञ्चालन, मर्मत तथा व्यवस्थापनका लागि आवश्यक स्वदेशी क्षमता विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिण अस्ट्रेलियास्थित ओसबोर्न शिपयार्डमा गरिएको उक्त अतिरिक्त लगानीले ‘औकस’ सम्झौता योजनाअनुसार नै अघि बढिरहेको स्पष्ट हुने बताए। उनका अनुसार यो लगानी भविष्यको पनडुब्बी फ्लीट निर्माण र त्यसको दिगो सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा दक्षता विकास गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हो ।

सन् २०२१ मा सम्पन्न ‘औकस’ सम्झौताअन्तर्गत अस्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट तीनवटा आणविक ऊर्जा सञ्चालित पनडुब्बी प्राप्त गर्ने योजना बनाएको छ । त्यसपछि अस्ट्रेलिया र बेलायतले संयुक्त रूपमा सन् २०४० को दशकमा नयाँ पुस्ताका पनडुब्बी निर्माण गर्ने लक्ष्य राखेका छन् । यो परियोजना अस्ट्रेलियाको इतिहासकै सबैभन्दा महँगो रक्षा कार्यक्रम मानिन्छ ।

यद्यपि संयुक्त राज्य अमेरिका र बेलायतमा पनडुब्बी उत्पादनको गति अपेक्षाभन्दा सुस्त रहेकाले आवश्यक जहाज समयमै उपलब्ध हुने वा नहुने विषयमा पछिल्ला वर्षहरूमा विभिन्न तहबाट प्रश्न उठ्दै आएका छन् ।

यसैबीच, मे महिनामा सार्वजनिक गरिएको संशोधित व्यवस्थाअनुसार अस्ट्रेलियाले पहिले योजना गरिएझैँ दुईवटा प्रयोग गरिएका र एउटा नयाँ पनडुब्बी प्राप्त गर्ने छैन । अब तीनवटै पनडुब्बी अमेरिकी नौसेनाले प्रयोग गरिरहेका सेवामा रहेका जहाजबाट उपलब्ध गराइनेछ । अस्ट्रेलियाली सरकारले यस व्यवस्थालाई अघिल्लो योजनाभन्दा बढी लागत–प्रभावकारी भएको दाबी गरेको छ ।

सरकारी अनुमानअनुसार ‘औकस’ कार्यक्रम कार्यान्वयनका क्रममा आगामी ३० वर्षमा अस्ट्रेलियाले करिब दुई खर्ब ५० अर्ब अमेरिकी डलर खर्च गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १० : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित