काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा « Khabarhub

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले स्वास्थ्य अवस्था सर्वेक्षण माघ १८, २०८२ देखि सुरु गर्ने भएको छ। 

सर्वेक्षणका लागि घर–घरमा जाने नर्सिङ कर्मचारीलाई तालिमपछि आवश्यक स्वास्थ्य परीक्षण सामग्री, औषधि र तथ्यांक संकलनका लागि ट्याब्लेट उपलब्ध गराइएको छ।

स्वास्थ्यकर्मीलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यो काम पदीय जिम्मेवारी मात्र नभई मानवीय सेवाको काम भएको बताइन् । उनले सहयोग आवश्यक पर्ने ज्येष्ठ नागरिकलाई विश्वास र आत्मीयता दिलाउने व्यवहार गर्न आग्रह गर्दै सहज वातावरण बनाएर काम गर्नुपर्नेमा जोड दिइन्।

बदलिँदो सामाजिक परिवेशका कारण सन्तान विदेशमा र आमाबुबा स्वदेशमा रहने अवस्था बढ्दै गएको उल्लेख गर्दै डंगोलले ज्येष्ठ नागरिकको वास्तविक स्वास्थ्य अवस्था परिवारसम्म पुर्‍याउन टेलिमेडिसिन प्रणाली विकास गरिँदै रहेको जानकारी दिइन्। महानगरले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउने सन्देश नागरिकसम्म पुर्‍याउन स्वास्थ्यकर्मीलाई आग्रह गरिएको छ।

आर्थिक अवस्था कमजोर भएका वा सहयोग गर्ने परिवारका सदस्य साथमा नभएका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सर्वेक्षण थालिएको हो। शारीरिक अशक्तता वा दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा नियमित स्वास्थ्य संस्थामा जान कठिनाइ भएका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच र उपचार गर्ने लक्ष्य कार्यक्रमको रहेको छ।

सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीलाई पाँच दिने अभिमुखीकरण दिइसकिएको छ। स्वास्थ्य जाँचका लागि ब्लडप्रेसर मोनिटर, ग्लुकोमिटर, डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर, अभिलेख फाराम, भेटको लगबुक र ट्याब्लेट उपलब्ध गराइएको छ। साथै प्राथमिक उपचारका सामग्री र आवश्यक औषधि पनि प्रदान गरिएको छ।

स्वास्थ्य विभागका प्रमुख दीपक के. सी. का अनुसार कार्यक्रममा औषधि व्यवस्थापन, पोषण परामर्श, मानसिक तथा सामाजिक अवस्था सुदृढ गर्ने भेटघाट कार्यक्रम, दीर्घ रोग नियन्त्रण र आकस्मिक अवस्थाका लागि रिफरल प्रणाली विकास गरिनेछ। संकलित तथ्यांकका आधारमा भविष्यका बजेट, योजना र कार्यक्रमलाई यथार्थपरक बनाइने महानगरको भनाइ छ।

कार्यक्रमकी फोकल पर्सन अस्पताल नरसिङ निरीक्षक कल्पना श्रेष्ठले सर्वेक्षणलाई प्रभावकारी बनाउन वडा कार्यालय र महिला स्वास्थ्य स्वयमसेविकासँग समन्वय गरिने बताए। ज्येष्ठ नागरिकको घरपरिवार र छिमेकीबाट समेत आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  २ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित