वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय « Khabarhub

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चार बुँदे निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले शान्ति, सुव्यवस्था कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्ने निर्णय गरेको प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए ।

बैठकमा सुनसरी, सिरहालगायत देशका विभिन्न जिल्लामा हालै भएका घटना र पर्सा जिल्लाको वर्तमान सुरक्षा अवस्थाबारे विस्तृत रूपमा समीक्षा गरिएको उनले बताए । 

बैठकले हिन्दू, मुस्लिम, बौद्ध, इसाईलगायत सबै धर्मका गुरु, अगुवा तथा जिम्मेवार व्यक्ति एवं संस्थाहरूलाई आ–आफ्नो समुदायमा धैर्यता, सहिष्णुता, साम्प्रदायिक सद्भाव र शान्ति कायम राख्न सार्वजनिक आह्वान गर्न अपिल गर्ने निर्णय गरेको छ ।

जिल्लाका सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज तथा धार्मिक सङ्घसंस्थाको अगुवाइमा आपसी भाइचारा र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्जमा शान्ति र्याली गर्नेसमेत निर्णय गरेको छ । 

बैठकले स्थानीय सञ्चारमाध्यम, एफएम रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा विभिन्न सङ्घसंस्थालाई समाजमा नकारात्मक त्रास फैलाउनेगरी  कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ । 

यसै सन्दर्भमा शान्ति र सामाजिक एकता कायम गर्ने तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने समाचार तथा सन्देशलाई प्राथमिकता दिन नेपाल पत्रकार महासङ्घ पर्सामार्फत सम्पूर्ण सञ्चार क्षेत्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकले मुलुकको विद्यमान विषम परिस्थितिमा जिल्लाको शान्ति, सुरक्षासहित सामाजिक सद्भाव कायम राख्न आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सबैसँग अनुरोध गरेको छ । 
 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ६ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित