आज कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ८० पैसा र बिक्री दर १५३ रुपैयाँ ४० पैसा कायम भएको छ।

त्यस्तै, युरोपेली युरो एकको खरिद दर १७५ रुपैयाँ १९ पैसा र बिक्री दर १७५ रुपैयाँ ८८ पैसा रहेको छ भने यूके पाउन्ड स्टर्लिङ एकको खरिद दर २०४ रुपैयाँ ४५ पैसा र बिक्री दर २०५ रुपैयाँ २६ पैसा पुगेको छ। स्विस फ्र्याङ्कको खरिद दर १८७ रुपैयाँ ७१ पैसा र बिक्री दर १८८ रुपैयाँ ४५ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ५६ पैसा र बिक्री दर १०६ रुपैयाँ ९८ पैसा तथा क्यानेडियन डलरको खरिद दर १०८ रुपैयाँ ७७ पैसा र बिक्री दर १०९ रुपैयाँ २० पैसा कायम भएको छ। सिंगापुर डलरको खरिद दर ११८ रुपैयाँ ५१ पैसा र बिक्री दर ११८ रुपैयाँ ९७ पैसा रहेको छ।

खाडी मुलुकहरूतर्फ साउदी रियाल एकको खरिद दर ४० रुपैयाँ ६९ पैसा र बिक्री दर ४० रुपैयाँ ८५ पैसा, कतारी रियालको खरिद दर ४१ रुपैयाँ ९१ पैसा र बिक्री दर ४२ रुपैयाँ०८ पैसा तथा युएई दिरामको खरिद दर ४१ रुपैयाँ ६० पैसा र बिक्री दर ४१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

सबैभन्दा महँगो मानिने कुवेती दिनार एकको खरिद दर ४९६ रुपैयाँ ५९ पैसा र बिक्री दर ४९८ रुपैयाँ ५४ पैसा पुगेको छ। यसैगरी बहराइन दिनारको बिक्री दर ४०६ रुपैयाँ ८४ पैसा र ओमान रियालको बिक्री दर ३९८ रुपैयाँ ४३ पैसा रहेको छ।

एसियाली मुद्राहरूमध्ये जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३६ पैसा र बिक्री दर ९ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६२ पैसा र बिक्री दर २२ रुपैयाँ ७१ पैसा तथा मलेसियन रिंगिटको बिक्री दर ३७ रुपैयाँ ५१ पैसा कायम भएको छ। दक्षिण कोरियाली वोन १०० को खरिद दर १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसामा स्थिर छ। खुला बजार प्रणालीअनुसार वाणिज्य बैंकहरूले निर्धारण गर्ने दैनिक विनिमय दरमा भने केही फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ६ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित