मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती « Khabarhub

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ । 

थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण पटक/पटक अलपत्र परेको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको अख्तियारीमा परेको कालीगण्डकी नदीमा निर्माणाधीन प्रिस्टेज मोटरेबल पुल निर्माणमा चरम ढिलासुस्ती देखिएको हो । 

यहाँ निर्माणाधीन पुलको विसं २०७६ फागुन २९ गते निर्माण कम्पनी देव एण्ड सायर कन्ट्रक्सनसँग पाँच करोड पाँच लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि विसं २०७८ साल भदौ २८ गते अर्थात् डेढ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएका थियो ।

एक स्पानको ३५ मिटर लम्बाइ रहने गरी कालीगण्डकी नदीमा निर्माणाधीन (लेते–धम्पु) मोटरेबल पुल फुटपाथसहित ७ दशमलव ९ मिटर चौडा रहने गरी ठेक्का सम्झौता भएको थियो । 

सुरुआती ठेक्का सम्झौता सकिएर हालसम्म चार पटकसम्म म्याद थप भइसकेको उक्त पुलको पछिल्लो म्याद थप गरिएको सम्पन्न अवधि विसं २०८३ असार ३१ गतेसम्म कायम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जीता गिरीले जानकारी दिइन् । प्रमुख गिरीका अनुसाल (लेते–धम्पु) मोटरेबल पुलको पछिल्लो भौतिक प्रगति ३३ दशमलव १३ प्रतिशत र भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । 

हालसम्म निर्माण कम्पनीले पुल निर्माणको काम गरेवापत रु एक करोड ६३ लाख ६२ हजार भुक्तानी लगेको कार्यालय प्रमुख गिरीले बताइन् । 

कालीगण्डकी नदीमा निर्माणाधीन पुल निर्माणका लागि राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग र मुख्य राजमार्ग सडकदेखि कालीगण्डकी पारी दुईतर्फी आरसीसी फाउण्डेशन र एबुटमेन्टसहित क्याप ढलानको संरचना तयार भइसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । 

पुल निर्माणका लागि स्ल्याप ढलान, एप्रोज रोड र पुल फिनिसिङलगायत काम बाँकी रहेको प्रमुख गिरीले उल्लेख गरिन् । लामो समय अवधिदेखि पटक पटक अलपत्र पर्दै आइरहेको (लेते–धम्पु) पुल निर्माणको काम गत हप्तादेखि सुरु भएको पूर्वाधार विकास कार्यालयले बताएको छ । 

वर्खायाममा कालीगण्डकी नदीको सतह उच्च हुने भएकाले जतिसक्दो चाँडो पुलको स्ल्याब ढलानका लागि निर्माण कम्पनीलाई सचेत गराइएको प्रमुख गिरीले बनाइन् । पुल निर्माणका लागि सम्वन्धित कम्पनीले उपकरण र जनशक्ति कार्यस्थलमा परिचालित गरी अलपत्र पुलको काम सुरु गरिसकेको प्रमुख गिरीको भनाइ छ ।

पुल निर्माणको अलपत्र काम पुनः सञ्चालन भएसँगै त्यस क्षेत्रका स्थानीय नागरिक उत्साहित भएका छन् । थासाङको दुर्गम कालीगण्डकी पारी रहेका गाउँहरू पुल नहुँदा निकै समस्यामा पर्दै आएका छन् । त्यस क्षेत्रका स्थानीय किसानले उत्पादन गरेको कृषि उपज पुल नहुँदा बजारीकरणमा निकै समस्या पर्ने गरेको छ ।

लेते–धम्पु पुल निर्माण सम्पन्न भएमा कालीगण्डकी पारिका आधा दर्जन बस्तीका स्थानीय कृषकले उत्पादन गर्ने कृषि उपजको सहज बजारकरण गर्न सजिलो हुने स्थानीय नवीन शेरचनले जानकारी दिए । छ वर्ष बितिसक्दा पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको र अब विकास पूर्वाधारका काममा ढिलासुस्ती गर्न नहुने शेरचनको भनाइ छ ।

थासाङस्थित कालिगण्डकी नदी पारीका दुर्गम गाउँहरुमा अहिले सङ्घीय एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्त्वको कालोपत्र सडक निर्माण अन्तिम चरणमा रहेको र उक्त सडक जोड्ने (लेते–धम्पु) पुल सम्पन्न भएमा मुख्य राजमार्गदेखि कालिगण्डकी पारीका ग्रामीण वस्ती सडक कनेक्टिभिटीसँग जोडिने बताइएको छ । रासस

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित