बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर पहिरो बग्न थालेको छ । 

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको न्युरोड पछाडिपट्टी रहेको पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेको छ । पछिल्लो तीन दिनयता पहिरोको चिराको आकार बढेको र बुधबार बिहान पनि पहिरो खसेको न्युरोडका बासिन्दा सन्तोष ढुङ्गानाले बताए। 

‘असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि गलेको जमिन पछिल्लो तीन दिनयता चिरा परेर दबेको छ,” उनले भने, “आज बिहान खसेको पहिरो पाखोमा रहेका बाँसको झ्याङमा अड्किए पनि जोखिम टरेको छैन ।’

करिब तीन सय मिटर उचाइ र पाँच सय मिटर चौडाइ क्षेत्रफल खरबारीको माथिल्लो भाग एक मिटरभन्दा तल दबेको र बीच भागमा धेरै ठाउँमा चिराचिरा परेर धाँजा फाटेकाले जोखिम रहेको बेनी नगरपालिका–८ खोरियाका बासिन्दा निशा सुवेदीले बताए। 

‘दैनिकजसो जमिनमा परेको चिरा झन, झन फराकिलो हुन थालेपछि नगरपालिकाका जनप्रतिनिधिलाई खबर गरेको थिए,’ उनले भने,’मङ्गलबार नगरप्रमुख सुरत केसी र बुधबार बिहान प्रमुख जिल्ला अधिकारी गणेश गैरेको टोलीले जोखिमयुक्त क्षेत्रको अवलोकन गरेर फर्कनुभयो ।’

पहिरोले पाखोमा निर्माण भएको पक्की पदमार्गको ढलान दवेको र भाँचिएको छ । पहिरो गएको र जमिन चर्किएको ठाउँमा रहेको पानीलाई पाइपबाट बेनी ल्याएर जोखिम घटाउने प्रयास गरेको न्युरोडका बासिन्दा प्रकाश श्रेष्ठले बताए। 

‘यसरी जमिन चल्नुलाई हामीले खतरा र जोखिम महसुस गरेका छौँ,’ उनले भने, ‘हाम्रो क्षमताले भ्याएसम्म पाइपबाट पानी तर्काउने काम गरेका छौँ । थप पहिरो सक्रिय हुन नदिन सरकारी निकायबाट तत्काल कदम चाल्न नसके ठूलो दुर्घटना निम्ताउन सक्छ ।’

यो पहिरोले पाँच सयभन्दा बढी घरहरू रहेको बेनीको न्युरोड र गणेशटोल क्षेत्रलाई प्रभावित बनाउने जोखिम छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरेर भूगर्भविद्बाट अध्ययनका लागि प्रशासन कार्यालयमार्फत सरकारसँग सिफारिस गरिएको बताए। पाखोमा चिरा परे पनि रुखहरू नलडेका कारण जमिन दवेको हुनसक्ने नगरपालिकाका इन्जिनियरहरूले बताएका नगरप्रमुख केसीको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले नगरपालिकाको पत्रअनुसार स्थलगत अवलोकन र जोखिम अध्ययनका लागि भूगर्वविद्हरू पठाइदिन गृह मन्त्रालय मार्फत बुधबारनै पत्र पठाएको जानकारी दिए । 

भूगर्भविद्हरूको प्रतिवेदनको आधारमा जोखिमको अवस्था आकलन गर्न सकिने बताउँदै उनले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन बेनी बजारवासीलाई आग्रह गरे। 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ४२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र