यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा « Khabarhub

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण विश्वभरका करिब ८३ लाख शरणार्थी तथा अन्य जबर्जस्ती विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ।

यूएनएचसीआरका अनुसार निरन्तर बढिरहेको आर्थिक संकटका कारण शरणार्थी, आन्तरिक रूपमा विस्थापित व्यक्ति (आईडीपी) र राज्यविहीन मानिसलाई उपलब्ध गराइँदै आएको संरक्षण तथा सहायता प्रणाली कमजोर बन्दै गएको छ।

संस्थाले यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि ८.५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ। तर, जुलाईको अन्त्यसम्म २.७ अर्ब डलर अर्थात् आवश्यक रकमको ३२ प्रतिशत मात्र प्राप्त भएको छ।

यूएनएचसीआरका अनुसार सन् २०२४ मा संस्थासँग ५.२ अर्ब डलर बजेट उपलब्ध रहेकामा सन् २०२५ मा घटेर ३.९ अर्ब डलरमा सीमित भएको थियो।

यूएनएचसीआरकी बाह्य सम्बन्ध प्रमुख डोमिनिक हाइडले संरक्षण सेवामा निरन्तर कटौती गर्न नसकिने बताउँदै बजेट निश्चित सीमाभन्दा तल झरेमा सेवा कम मानिससम्म पुग्ने मात्र नभई समग्र संरक्षण प्रणाली नै प्रभावित हुन सक्ने चेतावनी दिएकी छन्।

बजेट अभावको असर विभिन्न देशमा देखिन थालेको यूएनएचसीआरले जनाएको छ। चाडमा ३ लाख १९ हजार शरणार्थीको दर्ता प्रक्रियामा ढिलाइ भएको छ भने करिब २ लाख ३३ हजार बालबालिका बाल संरक्षण सेवाबाट वञ्चित हुने जोखिममा छन्।

त्यस्तै, इथियोपियाका केही क्षेत्रमा बाल संरक्षण सेवाको पहुँच ८५ प्रतिशतसम्म घटेको छ। सुडानमा यौन हिंसाबाट बचेका हजारौँ व्यक्ति तथा जोखिममा रहेका बालबालिकाले आवश्यक संरक्षण सेवा गुमाउन सक्ने चेतावनी दिइएको छ।

यूएनएचसीआरका अनुसार सन् २०२५ को अन्त्यसम्म विश्वभर ११ करोड ७८ लाख मानिस जबर्जस्ती विस्थापित भएका थिए। यो संख्या सन् २०२४ को १२ करोड ३२ लाखको तुलनामा घटे पनि ऐतिहासिक रूपमा उच्च स्तरमै रहेको छ।

बजेट संकटका कारण यूएनएचसीआरले सन् २०२५ मा करिब ५ हजार कर्मचारीको पद कटौती गरेको थियो। यो संस्थाको कुल जनशक्तिको एक चौथाइभन्दा बढी हो।

संस्थाका अनुसार इराकमा ३ लाख ५० हजारसम्म शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणका अवसरबाट वञ्चित हुन सक्ने अवस्थामा छन्। त्यस्तै, सिरियामा १ लाख ६२ हजार ५०० कमजोर अवस्थामा रहेका आन्तरिक रूपमा विस्थापित तथा स्वदेश फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित