शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट « Khabarhub

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि समानुपातिक र आवश्यकताका आधारित बजेट विनियोजन गरिने बताएका छन् ।

कैलालीको धनगढीमा आज आयोजित प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनमा उनले विद्यालयको भौतिक पूर्वाधारसँगै प्रविधिको प्रयोगमार्फत गुणस्तरीय शिक्षा प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।
 
मुख्यमन्त्री भट्टले सरकारले अभिभावकको सहजता र विद्यार्थीलाई पोषणयुक्त खाजासहित प्रभावकारी रूपमा शिक्षा प्रदान गर्न अगाडि सारेका योजनामा साथ दिन सबैको जिम्मेवारी भएको धारणा राखे। उनले विद्यालय दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको बताए। 

मुख्यमन्त्री भट्टले भने, ‘भोको पेटले पहिले शिक्षा होइन, खाना खोज्छ । त्यसैले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको पोषण र शिक्षालाई सँगसँगै अघि बढाउन दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउनुपर्छ ।’

उनले शिक्षा क्षेत्रमा बजेटको असमान वितरणका कारण समानुपातिक विकास हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले त्यस्तो अवस्था अन्त्यका लागि पहलकदमी लिने बताए। 

‘कतै आवश्यकताभन्दा बढी भौतिक संरचना निर्माण हुने तर कतिपय विद्यालयमा आधारभूत पूर्वाधारसमेत अभाव हुने असमान अवस्थालाई अन्त्य गर्नुपर्नेछ । अब त्यसरी बजेट वितरण हुनुहुँदैन । आवश्यकता र औचित्यका आधारमा समानुपातिक विकासमा जोड दिनुपर्छ’, उनले भने।

मुख्यमन्त्री भट्टले प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयनसँगै सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सञ्चारकर्मीहरूलाई सुशासनका पक्षमा साथ दिन तथा सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्न आग्रहसमेत गरे।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ३ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित