‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’ « Khabarhub

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को ३२औँ कार्गो दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बाँनियाले आयात–निर्यात व्यापारलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन राज्यको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले कार्गो व्यवस्थापन, भन्सार प्रणाली, ड्राइपोर्ट सञ्चालन तथा व्यापार सहजीकरणसँग सम्बन्धित विषय मुख्यतः संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भए पनि प्रदेश सरकारले आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोगमा कुनै कमी हुन नदिने बताए ।

व्यवसायीहरूले भोगिरहेका समस्या र उनीहरूका सुझावलाई प्रधानमन्त्रीसँग हुने समन्वय बैठक तथा अन्तरसरकारी छलफलमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बाँनियाले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्रै व्यापारिक वातावरण प्रभावकारी बनाउन सकिने धारणा राखे ।

उनले वीरगञ्जलगायत प्रमुख भन्सार नाकामा रहेका ड्राइपोर्ट तथा अन्य व्यापारिक पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए । आयातित सामानको सुरक्षित भण्डारण, छिटो ढुवानी र सहज वितरणका लागि आधुनिक पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

हवाई मार्गबाट हुने कार्गो व्यवस्थापनलाई पनि समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बाँनियाले प्रविधिको प्रयोग विस्तार गरी कार्गो सेवा छिटो, पारदर्शी र व्यवस्थित बनाउनुपर्ने बताए ।

दक्ष जनशक्ति उत्पादनका लागि सीप विकास तथा तालिम कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्न सक्ने उनले बताए । कर तिर्ने व्यवसायीले राज्यबाट गुणस्तरीय सेवा पाउनुपर्ने उल्लेख गर्दै उनले तीनै तहका सरकारले सेवा प्रवाहलाई सहज, प्रभावकारी र व्यवसायमैत्री बनाउनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री बाँनियाले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले व्यापार सहजीकरणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै संस्थाका आगामी नीति तथा योजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे ।

उनले सफलता हासिल गर्न निरन्तर अभ्यास, संघर्ष र धैर्यता आवश्यक पर्ने उल्लेख गर्दै नयाँ पुस्ताले अघिल्लो पुस्ताको अनुभव र संघर्षबाट सिकेर अघि बढ्नुपर्ने बताए । मेहनत र श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्दै उत्पादनशील समाज निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ७ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित