थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो « Khabarhub

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो  समय सामान्य रुपमा बग्न थालेको छ ।

नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ । नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध भएको जानकारी दिए । 

‘विपदको समयमा हामी टेलिफोन, विद्युत् र सडक सञ्जालबाट नै विच्छेद भएका छौँ’, उनले भने, ‘स्थानीय सरकारले उपलब्ध सीमित स्रोतसाधन परिचालन गरी अधिकतम काम गरिरहेको छ । यति बेला प्रदेश र सङ्घ सरकारले हामीलाई अभिभावक भएको महसुस गराउन सक्नुपर्छ ।’

उनका अनुसार बाढी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयवासी आज बिहानै आआफ्नो घर तथा गाउँमा भएको क्षतिकाबारे जानकारी लिन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले थुनिएको मर्स्याङ्दी नदीको पानीका बहाम क्रमश खुल्दै गएको  बताए । त्यस क्षेत्रमा सडक सम्पर्क विच्छेद रहेकाले स्काभेटर लगेर पानीको बहावलाई सुचारु गर्ने सन्दर्भमा  छलफल भइरहेको उनले जानकारी दिए । 

बाढीले लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा क्षति पुर्‍याएको छ । उक्त बस्ती प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘मर्स्याङ्दीको नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सचेत रहन हामी आग्रह गर्दछौँ ।’

निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टे खोलाको बाढीले त्यस क्षेत्रमा कटान गरी घर, पुल, सडकमा क्षति पुर्‍याएको छ ।

विसं २०७८ जेठ १४ र असार १ गते घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दीको बाढीले पनि मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो । 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ११ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित