रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । 

रसुवाको गोसाईकुण्ड जान नसकेका र जान नपाएका भक्तजनहरू रत्नचडेश्वर महोदवपोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनै पूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ ।

चाँगनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले समुन्द्र मन्थन गर्दा महादेवले विषपान गरेर छटपटिएर हिँड्दा नगरकोटको रत्नचुडेश्वरमा आएर त्रिसूलले खोपेर पानी निकालेर शयन गर्दा पनि शान्त नभएपछि रसुवाको गोसाइँकुण्ड पुगेर त्रिसूलले खोपर तलाउमा सुतेपछि शान्त भएको किम्वदन्ती रहेको बताए । 

यहाँको धार्मिक महत्त्व धेरै रहेको बताउँदै उनले महादेवको पोखरीमा गोसाइँकुण्डको पानी आउने जनविश्वास रहेको र गोसाइँकुण्ड जान नसक्नेहरू यहाँ आएर दर्शन गर्दा पनि गोसाई कुण्ड पुगे बराबराको पुण्य प्राप्त हुने जनविश्वास रहेको बताए ।

हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ मध्यरातिदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए । 

महादेव पोखरी कुण्डमा मेला भर्न दिनभरि नै भीड लागेको भन्दै उनले हिन्दू र बौध धर्मावलम्बीहरूले मेला भर्न आएको बताए। 

काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस मेला भर्न आएको बताउँदै वडाध्यक्ष लामाले रसुवाको गोसाइँकुण्डको पानी यहाँको कुण्डमा आउने जनविश्वास रहँदै आएकाले सयौं वर्षदेखि यहाँ मेला लाग्दै आएको बताए ।

उनले रातिदेखि नै हिन्दू र बौद्ध धर्मापलम्बीहरू विभिन्न झाकीसहित पूजा गरेका छन् । उनले आज यहाँका बासिन्दाले महादेवलाई नयाँ मकैसमेत चढाउने गर्दछन् । उनका अनुसार यसवर्ष फलेको मकै आज चढाएपछि मात्रै स्थानीयले खाने गर्दछन् । 

कालदहमा भीड 

आजै भक्तपुर नगरपालिका व्यासीमा रहेको कालदहमा बिहानैदेखि भव्य मेला लागेको छ । भक्तपुर नगरपालिका व्यासी औद्योगिक क्षेत्रस्थित कालदहमा स्नान गरेर बीचमा रहेको महादेवको पूजा गर्दा छालालगायत शरीरमा भएको रोग निको हुने धार्मिक विश्वास रहँदै आएको छ । 

आज विशेष गरी यहाँ भक्तपुरका नेवार समुदायले स्नान तथा पूजा गरेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ५ : २२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र