चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ « Khabarhub

चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थलनजिक ठूलो ‘ब्यारियर लेक’ अर्थात् नदी थुनिएर कृत्रिम ताल बनेको जनाएको छ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ।

पुरेपु त्साङ्पो नदी तिब्बत (चीन) मा बहने एक नदी हो, जुन नेपालको भोटेकोशी–त्रिशूली नदी प्रणालीको प्रमुख सहायक स्रोत का रूपमा छ। यो नदी तिब्बतबाट बहँदै नेपालको रसुवा जिल्ला हुँदै प्रवेश गर्दछ । नेपालमा यसलाई भोटेकोसी (रसुवाको) भनिन्छ।

उता छोचेन खोला नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्रमा बग्ने तथा त्रिशूली–भोटेकोशी नदी प्रणालीको एउटा महत्त्वपूर्ण माथिल्लो सहायक नदी हो। यो नदी बुधबार चीन-नेपाल सीमा क्षेत्रमा गएको भीषण पहिरो र प्राकृतिक बाँध (कृत्रिम ताल) निर्माणको प्रमुख श्रोत बनेको छ।

तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ। यसले ताल फुट्ने उच्च जोखिम रहेको चेतावनी चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ।

मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको तथा सम्भावित ताल फुट्ने अवस्थाको पूर्वानुमान गर्न बाढीको सिमुलेसन र विश्लेषण गरिरहेको जनाएको छ।

सम्भावित विपद्का क्रममा उद्धार तथा राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउने तयारीसमेत भइरहेको छ।

यसैबीच, नेपाल–चीन सीमाको नेपाली क्षेत्रको रसुपा-केरुङमा गएको विनाशकारी पहिरोपछि दुवैतिर उद्धार तीव्र पारिएको छ । बाढीले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित क्यिरोङ (केरुङ) बन्दरगाह प्रभावित भएको छ।

बुधबार बिहानको भीषण बाढीपछि चिनियाँ अधिकारीहरूले उद्धार तथा राहतका लागि जनमुक्ति सेनासहित विभिन्न निकाय एकसाथ परिचालन गरेका छन्। यता नेपालमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

चिनियाँ जनमुक्ति सेना, उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरूले जनशक्ति, विमान, उपकरण र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा काम गरिरहेका छन्।

दुवैतर्फ कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र थप पहिरो तथा अन्य विपद्को जोखिमका बीच उद्धार कार्य जारी रहेको छ।

बिहीबार बिहानसम्म उक्त विस्फोटक घटनामा चीनतर्फ तीन जनाको मृत्यु भएको छ। चीनमा ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको जनाइएको छ।

यता नेपालमा भोटेकोसी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ६२, पश्चिम नवलपरासीमा १५, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, नर्भिक अस्पतालमा २, मनमोहन अस्पतालमा १ र वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ३ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित