प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न « Khabarhub

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ ।

यसै सन्दर्भमा मंगलबार जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उक्त प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

यसैगरी सो प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि सो समारोहमा पुरस्कार वितरण गरिएको थियो । 

यही जेठ ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो । प्रतियोगितामा १२ वटा क्लबका दुई १८ जना खेलाडीले १३ वटा विधाका खेलमा प्रतिस्पर्धा गरेका थिए ।

समापन समारोहमा बलाधिकृत, तीनवटै सुरक्षा निकायका प्रमुख, रथीवृन्द, नेपाल टेनिस सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, विभिन्न टेनिस क्लबमा आबद्ध पदाधिकारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित