छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर « Khabarhub

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन् ।

स्थानीय साङ्पा लामाले ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतिर जान थालेको बताए । छेकम्पारका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर लागेको उनले जानकारी दिए । 

तिब्बती सीमाना आसपासको छेके र बाजुलगायतका लेकमा पुगेर यार्सागुम्बा सङ्कलन गर्ने गरिएको छ । हरेक याममा याक, चौँरी, घोडामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गरेर लावालस्करसहित स्थानीयवासी लेकतिर जाने गरेका छन् । 

‘लेक गएपछि एक महिनासम्म उतै पाल टाँगेर बस्छौँ’, लेकतर्फ जाँदै गरेका फुर्बु लामाले भने, ‘घर कुर्न बुढापाका गाउँमा बसे पनि अरु सबै उतै जाने गरेका छौँ । कोही गइसके, कोही जाँदै छन् ।’

यार्सागुम्बा बेचेर वर्षदिनको खर्चको जोहो गर्नुपर्ने भएकाले सबै काम छोडेर लेकतिर जाने गरेको लामाले बताए । 

यहाँको लेकमा यार्सागुम्बा सङ्कलन गर्न छेकम्पारभन्दा बाहिरका बासिन्दालाई निषेध छ । स्थानीयले भने समितिलाई जनही रु ५०० शुल्क तिरेपछि लेकमा जान पाउने नियम बनाइएका छ । 

विगत वर्षहरूमा यार्सागुम्बा सङ्कलन गर्न अभिभावकसँगै बालबच्चा पनि लेकतिरै जाने गरेका थिए । यस वर्ष भने यहाँ बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएपछि केही सहज भएको स्थानीयले बताएका छन् । यस कार्यले बालबालिकाको पढाइमा सघाउ पुग्ने विश्वास गरिएको विद्यालयका मुख्य लामा पासाङ फुञ्जोले बताए । 

‘हाम्रो करुणा स्वास्थ्य संस्थाले जोसेफ फर डिग्निटी भन्ने विदेशी संस्थाको सहयोगमा वुद्ध आधारभूत विद्यालयलाई चुमगुम्बामा ल्याएर आवासीय सुविधासहित पढाउने व्यवस्था गरेका छौँ’, पूर्व वडाध्यक्षसमेत रहेका पासाङले भने, ‘यस कार्यपछि अभिभावकहरू लेकतिर गए पनि बालबालिकाहरू छात्रवासमा बसेर पढ्न पाउने छन् । अब विगतमा जस्तो स्कुल बिदा हुँदैन ।’

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित