वैशाखको पहिलो १३ दिनमा विपद्का ४ सय ४५ घटना, २३ जनाको मृत्यु  « Khabarhub

वैशाखको पहिलो १३ दिनमा विपद्का ४ सय ४५ घटना, २३ जनाको मृत्यु 


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०८३ सुरु भएको पहिलो १३ दिनमै देशभर ४ सय ४५ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १३ गतेसम्म भएका विभिन्न विपद्का घटनामा २३ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । १३ दिनको अवधिमा मात्रै २ सय २२ वटा आगलागीका घटना हुँदा ७ जनाको मृत्यु, २४ जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन् । सुख्खा मौसम, बढ्दो गर्मी र मानवीय लापरबाहीका कारण आगलागी सबैभन्दा ठूलो विपद्का रूपमा देखिएको प्राधिकरणले जनाएको छ ।

त्यसपछि वन डढेलोका १ सय १५ घटना रेकर्ड भएका छन् । वन डढेलोका घटनामा १ जनाको मृत्यु, १ जना घाइते र १७ परिवार प्रभावित भएका छन् । देशका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले वातावरणीय क्षतिसँगै जनधनमा समेत असर पुर्‍याइरहेको छ।

 सय ९४ परिवार प्रभावित भएका छन् । विशेषगरी तराई–मधेश र केही पहाडी जिल्लामा हावाहुरीले घर, बाली र भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

चट्याङका २२ घटनामा ४ जनाको मृत्यु र १६ जना घाइते भएका छन् । प्रि–मनसुन सक्रिय भएसँगै चट्याङका घटनामा वृद्धि देखिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, सर्पदंशका २३ घटनामा १ जनाको मृत्यु र २२ जना घाइते भएका छन् भने जनावर आक्रमणका १६ घटनामा १ जनाको मृत्यु र १३ जना घाइते भएका छन् । ग्रामीण क्षेत्रमा सर्पदंश र जंगली जनावरको जोखिम बढ्दै गएको तथ्यांकले देखाएको छ ।

त्यस्तै, लेक लागेर २ जनाको मृत्यु भएको छ भने डुङ्गा पल्टिँदा २ जनाले ज्यान गुमाएका छन् । पहिरोका ४ घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । 

प्राधिकरणका अनुसार १३ दिनको अवधिमा भारी वर्षा, बाढी र अबसना (डुबान भौगोलिक क्षति) जस्ता मनसुनी प्रकृतिका विपद्का प्रारम्भिक संकेत पनि देखिन थालेका छन्, यद्यपि ती घटनाबाट मानवीय क्षति भने भएको छैन ।

प्राधिकरणले गर्मी र प्रि–मनसुनको समय भएकाले आगलागी, चट्याङ, हावाहुरी तथा सर्पदंशबाट विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

घर, वन तथा खेतबारीमा आगोको प्रयोग गर्दा सावधानी अपनाउन, चट्याङ पर्दा खुला ठाउँमा नबस्न, हावाहुरीको समयमा सुरक्षित स्थानमा बस्न तथा सर्पदंशबाट बच्न आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  २ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित