त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ « Khabarhub

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका छन् । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका थिए ।  

सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरुले शपथ लिएका हुन् । मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरुमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, गङ्गा छन्त्यालले छन्त्याल, करिस्मा कठरियाले ‘कठरीया थारू’ भाषामा शपथ लिएका छन्। 

त्यसैगरी निश्कल राईले चाम्लिङ र दीपकराज बोहराले डोटेली भाषामा शपथ लिए । सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिए । कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिए। 

अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, कपा महर्जन, विराजभक्त श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ, रुकेश रञ्जितले नेपाल भाषामा शपथ लिए । 

नीतिमा भण्डारी (कार्की), रबिन महतो, रवीन्द्र पटेल र राजेशकुमार चौधरीले बज्जिका भाषामा शपथ लिए । त्यसैगरी ऐनबहादुर महरले बझाङ्गी भाषामा शपथ लिए । 

माधवराज राईले बान्तावा, कन्हैया बनियाँ, अरविन्द साह, बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानुले भोजपुरी भाषामा शपथ लिए । रेनुका काउचाले मगर खाम भाषामा शपथ लिए। प्रमोदकुमार महतो, राजकिशोर महतोले मगही भाषामा शपथ लिए । 

अङ्किता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, दीपककुमार साह, कामिनी कुमारी, जोगकुमार बरबरिया यादव, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्रसाह कलवार, निशा मेहता, पुरुषोत्तम सुप्रभात यादव, मनिष झा, मातृकाप्रसाद यादव, रामजी यादव, रुवी कुमारी, शम्भुकुमार यादव, शिव शङ्कर यादव, सीताराम साहले मैथिली भाषामा शपथ लिए ।  कृपाराम रानाले राना थारू भाषामा शपथ लिए । 

त्यसैगरी पूर्णप्रसाद लिम्बू, सन्तोष सुब्बा, सुहाङ नेम्बाङले लिम्बू मातृभाषामा शपथ लिए । खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिए । प्रतिनिधिसभाका सहायक प्रवक्ता (उपसचिव) अनन्तप्रसाद कोइरालाले मातृभाषामा शपथ लिने भनेर सुरुमा ६२ जनाले नाम टिपाएकामा पछि बिस्तारै थपिँदै गएको र कतिले लिएको भन्ने यकिन गर्ने काम भइरहेको बताए । 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ५ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित