इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट सङ्केत दिएका छन् । उनले आफ्ना निकट सल्लाहकारहरूलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको बताएको एक प्रतिवेदनले उल्लेख गरेको छ ।

यसले कूटनीतिक समाधानतर्फ अमेरिका झुकिरहेको सङ्केत गर्छ । वाल स्ट्रिट जर्नलको प्रतिवेदनअनुसार, यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ट्रम्पले निजी रूपमा द्वन्द्व अन्तिम चरणमा पुगेको विश्वास व्यक्त गरेका छन् । उनले सार्वजनिक रूपमा उल्लेख गरिसकेको चारदेखि छ हप्ताको समयसीमाभित्रै समाधान निकाल्नुपर्नेमा जोड दिएको बताइएको छ ।

यो समयसीमा सम्भवतः मे महिनाको मध्यतिर हुने भनिएको चीनका राष्ट्रपति सी जिनपिङसँगको सम्भावित शिखर भेटअघि पर्ने देखिन्छ । बिहीबार आयोजित एनआरसिसीको वार्षिक कोष सङ्कलन कार्यक्रममा ट्रम्पले आफूले आठ वटा युद्ध समाधान गरिसकेको दाबी गरे र इरानको सन्दर्भमा पनि त्यही उपलब्धि दोहोरिने विश्वास व्यक्त गरे ।

उनले इरान वार्तामा संलग्न रहेको तर सार्वजनिक रूपमा स्वीकार गर्न हिच्किचाइरहेको टिप्पणी गरे । उनका अनुसार इरानभित्रैका शक्तिहरूबाट खतरा हुने डरका कारण उनीहरू खुला रूपमा सम्झौता गर्न सकिरहेका छैनन्, साथै अमेरिकी दबाब पनि उनीहरूका लागि चिन्ताको विषय बनेको छ ।

यसैबीच, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पको प्राथमिकता शान्ति रहेको दोहोर्‍याएकी छिन् । उनका अनुसार इरानले वार्ताको सङ्केत देखाएपछि केही आक्रमण योजनाहरू स्थगित गरिएको हो । ट्रम्पको कडा चेतावनीपछि इरान वार्तामा आउन तयार देखिएको दाबी गर्दै लेभिटले पछिल्ला केही दिनदेखि वार्ता ‘फलदायी’ भइरहेको बताइन् ।

उनले थप स्पष्ट पार्दै इरानलाई पुनः गलत आकलन नगर्न चेतावनी दिइन् । पछिल्लो तनावका क्रममा इरानले आफ्नो उच्च नेतृत्व, नौसेना, वायु सेना र हवाई प्रतिरक्षा प्रणालीमा ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै, यदि इरानले वास्तविकता स्वीकार नगरेमा अमेरिका थप कडा कदम चाल्न तयार रहेको सङ्केत दिइन् ।

तर अर्कोतर्फ, तेहरानले भने अमेरिकी प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको छैन । इरानले द्वन्द्व अन्त्य आफ्नै सर्त र समयसीमामा मात्र सम्भव हुने अडान दोहोर्‍याएको छ । साथै आफ्नो माग पूरा नभएसम्म प्रतिरोध जारी राख्ने र आवश्यक परे ‘कडा प्रहार’ गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ३ : ३१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र