नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो « Khabarhub

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने बताएका छन् ।

उनले मध्यावधि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नर्वेलाई आलोचना गर्दै यसलाई फोहोर राज्य (सिट हाउस कन्ट्री) भनेका छन् । नोबेल समितिले ‘शान्ति पुरस्कारका लागि आफूलाई नछानेको’ जनाउँदै नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने उनले बताए ।

आइतबारको चुनाबी सम्बोधनमा उनले भने, “इमान्दारीपूर्वक भन्दा, नर्वे सकिन्छ । नर्वे वास्तवमै फोहोर राज्य बनेको छ।” सन् २०२५ जनवरीमा ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जित्ने चाहना खुलेरै व्यक्त गर्दै आएका छन् ।

यस वर्षको पुरस्कार दक्षिण अफ्रिकाकी न्यायाधीश तथा संयुक्त राष्ट्रसङ्घकी पूर्व मानव अधिकार प्रमुख नवी पिल्लाईलाई दिने निर्णय गरिसकिएको छ । राष्ट्रपति ट्रम्पले समितिको यो निर्णयलाई ‘लज्जास्पद’ भन्दै पुरस्कार आफूलाई दिनुपर्ने दाबी गरेका छन्।

आइतबार पोर्ट ह्युरन (मिचिगन)मा नोभेम्बर ३ मा हुने महत्वपूर्ण अमेरिकी मध्यावधि चुनावअघि आयोजित सभामा उनले केही देशका आप्रवासीलाई स्वागत गर्ने तर नर्वेलाई नगर्ने बताएका थिए ।

उनले नर्वेका आप्रबासीलाई अमेरिकामा स्वागत नगरिनुको कारण नोबेल पुरस्कारका लागि आफूलाई योग्य नठहराउनुलाई लिएका छन् । उनले भने “म नर्वेबाट कोही पनि चाहन्न किनकि मैले नोबेल पुरस्कार पाइनँ।”

नर्वेका आप्रवासीबारे कुनै नयाँ अमेरिकी नीति आउने आधिकारिक सङ्केत भने छैन । नर्वेका परराष्ट्रमन्त्री एस्पेन बार्थ आइडेले नोबेल पुरस्कारबारे ट्रम्पका टिप्पणीमा प्रतिक्रिया दिँदै पुरस्कार छनौटका लागि समिति स्वतन्त्र रहेको स्पष्ट पारे ।

राष्ट्रिय प्रसारण माध्यम एनआरकेसँग कुरा गर्दै उनले भने, “उहाँलाई राम्रोसँग जानकारी छ, नोबेल समिति स्वतन्त्र छ। कसैलाई शङ्का भए भने हामीले उहाँलाई त्यसबारे सम्झाएका छौँ र अहिले पनि त्यही अवस्था छ।”

ट्रम्पले पहिलो कार्यकालमा सन् २०१८ मा पनि हैटी र केही अफ्रिकी देशहरूलाई यस्तै अश्लील शब्द प्रयोग गरेर आलोचना गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  १० : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित