तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक « Khabarhub

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्रिकेटको रौनक देखिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा मैदानमा खेलाडीको प्रतिस्पर्धासँगै दर्शकको उत्साह पनि देखिएको हो ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको छ । अघिल्लो संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । त्यसैले यसपटकको उद्घाटन खेललाई समर्थकले विशेष चासोका साथ हेरेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो। मैदानमा समर्थकको उत्साह, खेलाडीको प्रतिस्पर्धा र एनपीएलको सुरुआती माहोलले नेपाली क्रिकेटको लोकप्रियता झल्काएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ९ : ०५ बजे

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध