चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी « Khabarhub

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी नेपाल फर्किएकी छन् । चीन भ्रमण सकेर उनी नेपाल फर्किएकी हुन् । 

उनी कार्तिक ५ गते चीन उडेकी थिइन् । नेपाल फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै भण्डारीले भनिन्, ‘नेपाल यस्तो विश्व व्यवस्थाको पक्षमा छ, जहाँ शक्ति होइन अन्तर्राष्ट्रिय कानुनले सम्बन्धलाई निर्देशित गरोस्, सबै राष्ट्रको आवाजको सम्मान होस् र कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाउन् । ‘

उनी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजित ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर नेपाल आएकी हुन । 

भण्डारी एमालेको सक्रिय राजनीतिमा आएपछि पहिलो विदेश भ्रमणमा निस्किएकी हुन् । नेकपा एमालेमा अहिले विद्यादेवी भण्डारी अध्यक्ष ओलीपछिको दोस्रो वरियतामा छिन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ४ : ५० बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला