घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए « Khabarhub

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया दुई बालिका घर नजिकैको जङ्गलमा एकै ठाउँमा मृत भेटिएका हुन्। मृतक बालिकाहरू आपसमा मामा-फुपूका छोरी (दिदी-बहिनी) रहेको प्रहरीले जनाएको छ।

आइतबार राति एकै घरमा सुतेका उनीहरू राति नै कतै निस्किएका थिए। सोमबार बिहान घरभन्दा केही टाढा रहेको जङ्गलमा दुवै जनाको शव एकसाथ फेला परेको हो।

घटनाको कारण खुल्न नसकेको र इलाका प्रहरी कार्यालय तथा जिल्लाबाट खटिएको टोलीले घटना स्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ३ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित