आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६ अक्टोबर २६ तारिख। कार्तिक स्नान आरम्भ, आकाशदीपदान आरम्भ असोज शुक्ल पूर्णिमा  व्रत परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानीबाट नाफा हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्नेछन्। शिक्षामा सुधारका संकेत देखिने छन्। बन्धुबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ। शिक्षा र राजनीतिमा गरेको प्रयास सफल बन्नेछ। गोपनीयता सुरक्षित गर्नु उचित हुन्छ।

मिथुन : शुभ दिन परेको छ । आम्दानी बढ्नेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

कर्कट : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। सम्पत्तिको पछाडि लााग्दा स्वास्थ्यमा समस्या हुनेछ। दाम्पत्य जीवनमा खटपटी बढे पनि साथीको साथ मिल्नेछ।

सिंह :  दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्ने योग छ । श्रमको मूल्य प्राप्त हुनेछ । शिक्षामा प्रगति होला । संकट टर्ने योग छ ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले गुम्न लागेको धन फिर्ता हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यकता छ। राजनीतिमा विपक्षीको घेराबन्दी हुनेछ।

तुला :  दिन राम्रो छ। शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : मनमा चिन्ता बढ्नेछ। व्यवहारमा अवरोध हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

धनु : दिन राम्रो छ । मन प्रशन्न बन्नेछ। सम्मान प्राप्त हुनेछ। गुरुको साथ र सहयोगका लगि थप नम्रताको खाँचो छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा सुखद् यात्रा हुनेछ।

मकर : यात्रामा सचेत बन्नुपर्ने दिन छ । नयाँ साथीसँगको भेटले दीर्घकालीन योजना बन्नेछन्। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। विपक्षी साथीसँग सहकार्य हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नु उचित हुन्छ।

मीन  : आम्दानी बढ्ने योग छ । सानो कुराले मनमा खुसी मिल्नेछ । शिक्षा र रोजगारीका क्षेत्रमा तपाईंका ग्रह बलवान छन्। नयाँ रोजगारीको लागि प्रस्ताव आउनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ५ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित