वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा « Khabarhub

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानको आज ६९८ औँ हप्तामा तिलगङ्गा पारीपट्टी पहेँलो पुल क्षेत्रमा सफाइ गरिएको छ ।
  
भारी वर्षाको समयमा पनि अभियानकर्मीहरूको सक्रिय सहभागिताका साथ आज तिलगङ्गा पारिपट्टि पहेँलो पुलमा वाग्मती किनार कालोपत्र सडकतर्फका झारपात, घाँसलगायत कुहिने फोहरलाई जमिनमुनि खाडल खनेर गाडिएको छ । यसरी गाडिएको फोहरले नदी किनारमा रोपिएको बिरुवालाई मलको काम गर्ने अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए ।

यसैगरी, काँचका फुटेका सिसा, बोतल, प्रयोग भएका सुई, कार्पेट गरी करिब एक मेट्रिकटन नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उनले जानकारी दिए । अर्को हप्ताको सरसफाइ कार्यक्रम सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा गरिने महाअभियानले जनाएको छ ।
 
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ महाअभियान जारी छ । वर्षा, जाडो, चाडपर्व, भूकम्प, कोरोना, बन्दाबन्दीलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान नरोकिएको अभियानकर्मी डा माला खरेलले जानकारी दिए।
 
महाअभियानबाट प्रेरणा पाएर काठमाडौँ उपत्यकामा वाग्मतीका सबै सहायक नदीमा सफाइ अभियान सुरु भएको छ । यसैगरी चक्रपथका विभिन्न खण्डमा पनि सफाइ अभियान सुरु भएको छ । 

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर हाल देशभर १११ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेका छन् । 

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित