वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित « Khabarhub

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्गीत क्षेत्रमा ख्याति कमाएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ । 

राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो ।

अर्गनाइजेसनका महासचिव डा प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम, कत्थकलगायत लोककला प्रस्तुत गरेका थिए ।  

यही मे १६ देखि २२ तारिखसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा दिएको थियो । निर्णायक भूमिका निर्वाह गर्न पुणे पुगेका उनलाई प्रतिष्ठित कलाक्षेत्रमबाट सम्मान गरिएको हो ।
 
यसभन्दा अघि पनि नेपालको कला र संस्कृतिलाई अन्तरराष्ट्रिय मञ्चसम्म पुर्‍याउँदै आएका उनलाई भारतको विभिन्न राज्यमा भएका कार्यक्रमहरूमा ‘सुरताल अन्तरराष्ट्रिय सम्मान पुरस्कार २०२५’,  ‘विविधता मे एकता राष्ट्रिय सम्मान २०२०’,  ‘इन्डियन बेस्टिज अवार्ड–२०१९’, पश्चिम बङ्गाल सरकारबाट ‘सङ्गीतमंजरी’ उपाधि लगायतका सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी, सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट ‘स्वर्णपत्र’ प्रदान गरिएको थियो ।

नेपालका सन्दर्भमा उनले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाएका थिए भने शास्त्र सम्मान २०१८, सेभ दी नेसन अवार्डलगायत पुरस्कार तथा सम्मान पाएका छन् । 

सरोदवादनबाहेक उनका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफुल म्युजिक फर मेडिटेसन, भारतबाट सुरिल म्युजिक इन २०१५ लगायत सिडी तथा क्यासेटहरू प्रकाशित भएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  १२ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित