सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता « Khabarhub

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको बराहक्षेत्र–चतरातर्फ १५ जना यात्रु लिएर जाँदै गरेको ‘ओबीएम’ कम्पनीको जेटबोट आइतबार अपराह्न करिब २ बजे ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी (सुनसरी) को टोलीले उद्धार गरी चालकसहित १२ जनालाई उपचारका लागि चतरा अस्पताल पठाएको थियो ।

उपचारका क्रममा सुनसरी बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, अन्दाजी ६/७ वर्षीया बालिका र अन्दाजी ४०/५० वर्षका एक पुरुषको मृत्यु भएको छ । मृतक दुई जनाको नाम र थर खुल्न बाँकी छ ।

दुर्घटनामा परेकामध्ये झापा कन्काई नगरपालिका–४ का ७ वर्षीय शिवक मगर, सुनसरी बराहक्षेत्र–१ की २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई नदीमा बेपत्ता छन् ।

सप्तकोशीमा बेपत्ता भएकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जनाको टोली घटनास्थलमा खटिएको छ ।

जेटबोटका चालक सुनसरी बराहक्षेत्र–१ का २४ वर्षीय सुमन मगरसहित अन्य ९ जना यात्रु भने उद्धारपछि सकुशल रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ७ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित