स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार « Khabarhub

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ। उद्धार गरिएका ती बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर ल्याइएका हुन् । सातमध्ये पाँचवटा बाघ र दुई बघेनी रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। 

बाँके, बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मान्छेमाथि आक्रमण गरी द्वन्द्व सृजना गरेपछि नियन्त्रणमा लिइएका बाघलाई बर्दियाको रमुवापुर र ठाकुरद्धारामा राखिएको निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए । 

उनले ती बाघमध्ये बच्चासमेत रहेको उल्लेख गर्दै २०७७ सालदेखि अहिलेसम्म दुई वर्षदेखि १२ वर्षसम्मका बाघलाई बर्दियाका विभिन्न बाघ खोरमा राखिएको बताए। 

राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत अजित तुम्वाहाङफेले मानव–वन्यजन्तु द्वन्द्वमा रहेका बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर उद्धार गरिएको बताए। 

तीमध्ये चितुवासमेत रहेको उल्लेख गर्दै उनले बाघलाई उद्धार गरेर राख्ने ठाउँको अभाव हुन थालेको बताए । 

‘अब बाघ उद्धार गरेर राख्ने ठाउँ पनि छैन, भएका सबै बाघ खोर भरिभराउ छ’, उनले भने। संरक्षण अधिकृत  तुम्वाहाङफेका अनुसार यस वर्ष दुईवटा बाघ खोर व्यवस्थापन गर्ने लक्ष्य रहेको छ ।

उनले बाघको आहार पूरा गर्न एक दिन बिराएर सात केजी राँगाको मासु आपूर्ति गरिएको उल्लेख गर्दै सात बाघका लागि मात्रै वार्षिक आठ लाख २३ हजार २०० बराबरको लगानी भएको बताए।
 
तुम्वाहाङफेले निकुञ्जभित्र आहारा प्रजाति जरायो, चित्तललगायत वन्यजन्तुको चोरीसिकारी भइरहेको जानकारी दिँदै ठूला वन्यजन्तुको अपराध नभएको बताए। नेपालमा उद्धार गरिएर राखिएका २० बाघ रहेका छन् । 

ती बाघलाई बाँके, बर्दिया, चितवन, पर्सा र ललितपुरमा राखिएको छ । त्यसैगरी, बाँके राष्ट्रिय निकुञ्जको खैरीमा पनि एउटा बाघ र दुई चितुवाको उद्धार गरी खोरमा राखिएको छ । 
 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : २३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम