हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रको आह्वान « Khabarhub

हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रको आह्वान


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् ।

बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गरेका हुन् । 

उनले हर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताए।

बहराइनको विदेश मन्त्रालयका अनुसार अल–जयानीले मार्चमा पारित संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव २८१७ पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

उनले ओमानको तटमा जहाजमाथि भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु तथा हुथी समूहले साउदी अरबतर्फ छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाए।

असी देशको संयुक्त वक्तव्यमा इरानबाट छिमेकी मुलुकविरुद्ध भएका भनिएका आक्रमण, अन्तर्राष्ट्रिय व्यापारमा परेको अवरोध तथा ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा उत्पन्न जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ । 

सहभागी देशहरूले अन्तर्राष्ट्रिय कानुनअनुसार हर्मुज जलघाँटी तत्काल खोल्न र कुनै अवैध शुल्क वा अवरोधबिना जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न आग्रह गरेका छन् ।

वक्तव्यमा यमनका हुथी समूहको गतिविधि, साउदी अरबविरुद्धका आक्रमण तथा लाल सागरमा भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गरिएको छ । बाब अल–मन्दब जलघाँटीतर्फ हुने थप गतिविधिले अन्तर्राष्ट्रिय समुद्री आवतजावत र विश्वव्यापी व्यापारमा जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।
 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १२ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित