न्युयोर्कमा नेतान्याहु विरोधी प्रदर्शन : पक्राउ परे हलिउड कलाकार « Khabarhub

न्युयोर्कमा नेतान्याहु विरोधी प्रदर्शन : पक्राउ परे हलिउड कलाकार


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’ की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन् ।

एएफपीको फुटेजमा संयुक्त राष्ट्रसङ्घको महासभालाई नेतान्याहुले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रदर्शनमा सहभागी सारन्डनलाई न्युयोर्क प्रहरी (एनवाईपीडी) का अधिकारीहरूले हतकडी लगाउँदै गरेको देखिन्छ ।

‘ज्युइस भ्वाइस फर पिस’ ले आयोजना गरेको प्रदर्शनबाट आइनबिन्डरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको ‘न्युयोर्क पोस्ट’ ले जनाएको छ । पक्राउबारे प्रतिक्रिया माग्दा न्युयोर्क प्रहरीले तत्काल जवाफ दिएन ।

नेतान्याहुले संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गरिरहँदा प्रदर्शनकारीहरूले ‘इजरायललाई हतियार दिन बन्द गर’ र ‘नरसंहार अन्त्य गर’ लेखिएका ब्यानरसहित सडकमा प्रदर्शन गरेका थिए ।

महासभामा नेतान्याहुले भाषण सुरु गरेलगत्तै दर्जनौँ देशका प्रतिनिधि बाहिरिएका थिए । आफ्नो सम्बोधनमा उनले हालै इजरायलको आलोचना गरेका मित्र तथा शत्रु राष्ट्रहरूको कडा आलोचना गरे । प्यालेस्टाइनलाई राज्यको मान्यता दिने निर्णय गरेका बेलायत र फ्रान्सप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।

‘द रकी हरर पिक्चर शो’, ‘डेड म्यान वाकिङ’ र ‘द विचेज अफ ईस्टविक’ लगायत चलचित्रमा अभिनय गरेकी सारन्डन गाजामा इजरायलको युद्धविरुद्धका प्रदर्शनमा सहभागी हुँदै आएकी छन् ।

उनले यसै महिना भेनिस फिल्म फेस्टिभलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्ना राजनीतिक अभिव्यक्तिका कारण आफूले चलचित्रमा काम गुमाइरहेको बताएकी थिइन् ।

सारन्डनले आफ्ना विचारका कारण केही एजेन्सीले आफूलाई काम नदिन आग्रह गरेको बताउँदै चलचित्र क्षेत्रमा अझै पनि ‘जायोनिस्टहरूको बलियो प्रभाव’ रहेको दाबी गरेकी थिइन् । साथै, उनले आफ्नो परिवार र समर्थकहरूबाट आफूले सहयोग पाइरहेको बताएकी थिइन् । रासस

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ११ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित