जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन « Khabarhub

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार सङ्घीय कानूनअन्तर्गत जोखिममा रहेका प्रजातिहरूको सङ्ख्या दुई हजार १७५ पुगेको छ, जुन सन् २००० यता चौवन्न प्रतिशतले बढेको हो । सन् २०२५ मा मात्र ३९ नयाँ प्रजातिहरू थपिएका छन् ।

त्यस्तै, अष्ट्रेलियाको समुद्री सतहको तापक्रम सन् २०२५ मा अहिलेसम्मकै उच्च स्तरमा पुगेको पाइएको छ । उपग्रहबाट निगरानी गरिएका अधिकांश प्रवालभित्ति क्षेत्रमा तापीय तनाव अत्यधिक बढेको छ, जसका कारण ठूलो स्तरको प्रवाल क्षयको घटना दोहोरिएको छ ।

प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ताले जनाएअनुसार, बढ्दो समुद्री तापक्रमका कारण समुद्री जीवजन्तु र वातावरणले ठूलो क्षति भोगिरहेका छन् । यस्ता घटना पहिले दुर्लभ भए पनि अहिले बारम्बार हुन थालेका छन् ।

प्रतिवेदनले सन् २००० यता जोखिममा रहेका प्रजातिहरूको सङ्ख्या औसत ५९ प्रतिशतले घटेको यो पनि देखाएको छ । विशेषगरी सर्प र भ्यागुताका प्रजातिहरूमा उल्लेखनीय गिरावट आएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ८ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित