इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी « Khabarhub

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास ‘उल्लेखनीय रूपमा बढाएको’ अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् ।

यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो ।

यो महिना साउदी अरबमा इरान समर्थित समूहबाट लगभग दैनिक आक्रमण भइरहेका छन् । तीमध्ये रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण साउदी अरबमा वर्षौँमा भएको सबैभन्दा घातक आक्रमण थियो

“इरानले अमेरिकी कर्मचारीलाई निसाना बनाउने प्रयास उल्लेखनीय रूपमा बढाएको हामीलाई गोप्य जानकारी प्राप्त भएको छ,” क्लेटनले विदेशमन्त्री मार्को रुबियोलाई पठाएको ज्ञापनपत्रमा लेखेको एक अमेरिकी अधिकारीले बताएका छन् ।

“अमेरिकी नागरिकविरुद्ध इरानीहरूको घातक षड्यन्त्र प्रयास मध्यपूर्व र केही अन्य देशहरूमा उच्च चरणमा पुगेको छ,” पत्रमा भनिएको छ । आक्रमण प्रयासको पहिलो रिपोर्ट एक्सियोसले यस पहिले नै गरेको थियो ।

वासिङ्टनले यसअघि पनि इरानविरुद्धको युद्ध सुरु हुनुअघि खाडीबाट गैरआवश्यक कर्मचारीलाई फिर्ता बोलाएको थियो तर जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आक्रमणको लहर रद्द गरेसँगै अमेरिकी नागरिकलाई फिर्ता गर्ने अभियान सुस्त बनेको थियो ।

अमेरिकी अधिकारीले भनेका छन्, “हाम्रो दूतावासमा कर्मचारी राख्ने विषयमा हामी सुरक्षा वातावरणबारे नयाँ जानकारी निरन्तर मूल्याङ्कन गर्छौँ।”

“हूथी आक्रमणको खतरा र अमेरिकी अधिकारीहरूलाई निसाना बनाउने इरानी आतङ्कवादी षड्यन्त्रले हाम्रा निर्णयहरूलाई प्रभाव पारिरहेका छन्,” अधिकारीले थपे। ट्रम्पले शुक्रबार अमेरिका इरानविरुद्ध फेरि सैन्य कारबाही सुरु गर्न सक्ने बताएका थिए ।

“हामी अर्को सानो ‘एपिक फ्युरी’ गर्न सक्छौँ,” इरानमाथिको अमेरिकी आक्रमणको नाम उल्लेख गर्दै तर समयबारे कुनै सङ्केत नगरी राष्ट्रपति ट्रम्पले भने।

फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्व द्वन्द्वसुरु भएको थियो, जसमा इरानका सर्वोच्च नेतासहित वरिष्ठ सैन्य कमाण्डरहरू मारिएका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ८ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित