क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन « Khabarhub

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन् ।

शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई अतिरिक्त भन्सार महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । संशोधित व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ ।

ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङमा प्रयोग हुने केही क्रेट तथा बाकसमा अब ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने छैन ।

यसको विपरीत, क्यानाडाबाट आयात गरिने केही प्रकारका भल्भ, गलैँचा, फोहोरजन्य उत्पादन तथा अन्य निश्चित सामग्रीमा भने उक्त दरको अतिरिक्त भन्सार महसुल लगाइनेछ ।

घोषणापत्रअनुसार अक्टोबर ३० वा त्यसपछि अमेरिकामा उपभोगका लागि आयात गरिने वा भण्डारणबाट उपभोगका लागि निकालिने वस्तुमा संशोधित व्यवस्था लागू हुनेछ ।

अमेरिकी वाणिज्य क्षेत्रमा परेको भार वा बेफाइदालाई सन्तुलनमा ल्याउन महसुलको दायरा परिवर्तन गरिएको घोषणापत्रमा उल्लेख छ । यो कदम अमेरिकी हित र सार्वजनिक हितअनुकूल रहेको दाबी पनि गरिएको छ ।

ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मोटरगाडी तथा तिनका पार्टपुर्जाको निर्यातमा भेदभावपूर्ण र अनुचित व्यवहार गरेको आरोप लगाउँदै त्यसको प्रतिक्रियास्वरूप अतिरिक्त भन्सार महसुल लगाइएको बताउँदै आएको छ ।

यसअघि ट्रम्पले अगस्ट २२ मा क्यानाडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर मूल्यका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका थिए । त्यसको जवाफमा क्यानाडाले पनि सोही बराबर मूल्यका अमेरिकी वस्तुमा भन्सार महसुल लगाएको थियो । क्यानाडाको प्रतिकारात्मक कदम सेप्टेम्बर ८ देखि लागू भएको थियो ।

दुवै देशबीच जारी भन्सार विवादले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  १२ : २० बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका