अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’ « Khabarhub

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग गर्न आग्रह गरेपछि क्युबाले अमेरिकाको आलोचना गरेको छ । क्युबाले अमेरिकाले सार्वजनिक रूपमा गुप्तचर निकाय सीआईएका लागि भर्ती अभियान चलाएको भन्दै व्यङ्ग्य गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँगको विषय टुङ्ग्याएपछि अमेरिकाले क्युबाको मामिलामा ध्यान दिने बताएका थिए । उनले क्युबासँगको सम्झौतालाई अघि बढाउन विदेशमन्त्री रुबियोलाई पठाउन सकिने सङ्केतसमेत गरेका थिए ।

त्यसपछि रुबियोले सामाजिक सञ्जाल एक्समार्फत क्युबामा सकारात्मक परिवर्तन चाहनेहरूका लागि अहिले उपयुक्त समय भएको बताएका थिए ।

‘क्युबामा सकारात्मक परिवर्तन ल्याउन चाहनेहरूका लागि अहिले सही समय हो,’ उनले लेखेका थिए ।

रुबियोले भ्रष्टाचार, अधुरा वाचा र सीमित व्यक्तिले मात्रै विशेष सुविधा पाउने अवस्थाबाट निराश भएका क्युबाली नागरिकलाई आफ्नो चाहनाअनुसार परिवर्तन ल्याउन सीआईएसँग गोप्य साझेदारी गर्नसमेत आह्वान गरेका थिए ।

यसैबीच, अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) ले सामाजिक सञ्जालमा स्पेनी भाषामा एउटा भिडियो सार्वजनिक गर्दै क्युबाली नागरिकलाई सुरक्षित रूपमा सूचना साझा गर्ने तरिकाबारे जानकारी दिएको छ । भिडियोमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) र अस्थायी इमेल ठेगानामार्फत सूचना पठाउने उपाय उल्लेख गरिएको छ ।

अमेरिकाको यस कदमप्रति प्रतिक्रिया दिँदै क्युबाका उपविदेशमन्त्री कार्लोस फर्नान्डेज डी कोसियोले यसलाई अमेरिकाको ‘हताशा र लाचारी’ को सङ्केत भनेका छन् ।

उनले अमेरिकाले सार्वजनिक रूपमै सीआईएका लागि मानिस भर्ती गर्न थालेको भन्दै व्यङ्ग्य गरेका छन् । ‘यस्तो लाग्छ, उनीहरू टुथपेस्ट बेचिरहेका छन्,’ उनको टिप्पणी थियो ।

अमेरिका र क्युबाबीच लामो समयदेखि राजनीतिक तथा कूटनीतिक तनाव रहँदै आएको छ । ट्रम्पको पछिल्लो अभिव्यक्ति र रुबियोको अपिलले दुई देशबीचको सम्बन्धमा थप बहस सिर्जना गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ११ : २८ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका