किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गरिनुपर्छ : मन्त्री चौधरी « Khabarhub

किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गरिनुपर्छ : मन्त्री चौधरी


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, सहभागिता र नेतृत्वलाई सुनिश्चित गर्न उनीहरूका मुद्दालाई नीति निर्माणको तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन पर्ने आवश्यकता औँल्याएकी छन् ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालको आयोजनामा आजदेखि ललितपुरमा सुरु भएको एसिया–प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको तीन दिने तेस्रो क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले अपाङ्गता अधिकार अग्रजको योगदान, सहकार्य, समन्वय र सामूहिक प्रयासले सम्भव भएको बताइन् ।

मन्त्री चौधरीले भनिन्, ‘पछिल्लो जनआन्दोलनमा आदिवासी जनजाति समुदायको समेत महत्त्वपूर्ण भूमिका छ, विभिन्न आन्दोलन र प्रयासबाट हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आफ्ना मुद्दालाई अझ प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता छ ।’

उनले अपाङ्गता अधिकारका लागि विगतमा सडकदेखि सदनसम्म आवाज उठाउने अग्रजको योगदानलाई आगामी पुस्ताले स्मरण गर्नुपर्ने बताइन् । 

‘हाम्रोबारेमा हामीबिना केही होइन’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै अपाङ्गता तथा आदिवासी दृष्टिकोणलाई केन्द्रमा राखेर समावेशी जलवायु न्याय र विपद् व्यवस्थापनका कार्यक्रम अघि बढाउनुपर्ने उनले बताइन् ।

सम्मेलनमा आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, सहभागिता, नेतृत्व, पहुँच तथा क्षेत्रीयस्तरमा उनीहरूको आन्दोलनलाई थप सशक्त बनाउने विषयमा छलफल हुने सङ्घका अध्यक्ष डा प्रतिमा गुरुङले जानकारी दिइन् ।

एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशका अनुभव आदानप्रदान गर्दै साझा सिकाइ, साझा धारणा र आगामी कार्यदिशा निर्माण गर्ने सम्मेलनका उद्देश्य रहेको उनले बताइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ३ : ४७ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम