विद्यार्थीलाई न्यानो कपडा वितरण « Khabarhub

विद्यार्थीलाई न्यानो कपडा वितरण


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई ‘ट्र्याकसुट’ प्रदान गरिएको छ ।

विद्यालयकी पूर्वप्रधानाध्यापक बिन्दा थापाले बुधबार बाल विकास केन्द्रदेखि कक्षा– ८ सम्मका विद्यार्थीलाई व्यक्तिगत खर्चमा न्यानो कपडा प्रदान गरेकी हुन् ।

शिक्षण पेसाबाट अनिवार्य अवकाश लिएकी पूर्वप्रधानाध्यापक थापाले एक लाख २३ हजार ५०० बराबरको ट्रयाकसुट विद्यार्थीलाई वितरण गर्नुभएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

विद्यार्थीलाई शिक्षाप्रति आकर्षित गर्नुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको पूर्वप्रधानाध्यापक थापाले बताए ।

आवश्यक पोसाक तथा शैक्षिक सामग्रीको अभाव हुँदा नियमित विद्यालय उपस्थितिमा असर पर्न सक्ने भएकाले आफूले व्यक्तिगत खर्चमा ट्रयाकसुट प्रदान गरेको पूर्वप्रधानाध्यापक थापाले जानकारी दिइन् ।

‘अरूले विद्यार्थीलाई आवश्यक सामग्री तथा पोसाक उपलब्ध गराइदिने भन्दै आश्वासन मात्रै दिन गरेका थिए । आश्वासनमा मात्र सीमित नरही आफ्नै व्यक्तिगत खर्चमा विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध गराएकी हुँ’, उनले भनिन्, ‘आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि आफूले सकेको सहयोग गर्छु । मेरो सानो सहयोगले उनीहरुको शैक्षिक उन्नयनमा थोरै भए पनि हौसला मिल्ने अपेक्षा गरेकी छु ।’

विद्यालय प्रशासनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पोसाक तथा शैक्षिक सामग्री जुटाउन कठिन हुने भएकाले यस्तो सहयोगले प्रत्यक्ष राहत पुग्नेछ ।

पूर्वप्रधानाध्यापक थापाले सो विद्यालयमा ३४ वर्ष सेवा गरेकी थिइन् । उनले १४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ८ : १२ बजे

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ