विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह « Khabarhub

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार ती दिन अत्यधिक वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र सडकमा जलमग्न हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागकी महाशाखा प्रमुख सरस्वती पोखरेलले विद्यालय आउँदा–जाँदा बालबालिकालाई जोखिम हुनसक्ने भएकाले थप सावधानी अपनाउन आग्रह गरेकी छन्।

विद्यार्थीलाई नदी, खोला, खुला ढल तथा डुबान भएका सडकबाट टाढा रहन, विद्यालय आउँदा सुरक्षित बाटो प्रयोग गर्न र कक्षाकोठामा आवश्यक सावधानीबारे जानकारी गराउन आग्रह गरिएको छ । विद्यालय परिसरमा पानी जम्ने, पर्खाल भत्किने वा पहिरो जानेजस्ता जोखिम भए नभएको यकिन गरी तत्काल आवश्यक सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।

आपत्कालीन अवस्था आएमा स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न पनि महानगरले आग्रह गरेको छ । मौसमको अवस्था अत्यन्तै प्रतिकूल भएमा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भएकाले महानगरपालिकाको शिक्षा विभागसँग समन्वय गरी पठनपाठन बन्द गर्ने वा वैकल्पिक व्यवस्था गर्ने निर्णय लिन सकिने छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ७ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित